संगीतकार गुरुङलाई मासिक ३० हजार भत्ता

ambar-gurung-sammanकाठमाडौं । सरकारले वरिष्ठ संगीतकार अम्बर गुरुङलाई मासिक ३० हजार भत्ता दिने तयारी गरेको छ । कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले गुरूङलाई मासिक ३० हजार भत्ता दिने निर्णय गरेको थियो । गुरुङले उक्त रकम मासिक रूपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमार्पmत् पाउनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक आनन्दप्रसाद पोखरेलले संगीतकार गुरुङको निवास बूढानीलकण्ठमा पुगेर पहिलो भत्ता प्रदान गरेका थिए । सो अवसरमा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ, (सरुभक्त) उपकुलपति शंभूजित बास्कोटा, सदस्यसचिव गणेश रसिकलगायत उपस्थित थिए ।

भत्ता हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले अम्बर गुरुङले नेपाली संगीतका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै सिंगो नेपाललाई ब्युँझाउन र देशको राष्ट्रियतालाई जगेर्ना गर्न उहाँको कार्यलाई पुस्तापुस्तासम्म कसैले नबिर्सने बताएका थिए । उनले भने, ‘अम्बर गुरुङजस्ता श्रष्टालाई राज्यको तर्फबाट सम्मान तथा सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’

त्यस्तै कुलपति सरुभक्तले गुरुङ केही वर्षदेखि पार्किन्सन्स र मधुमेह रोगबाट पीडित भएको र उनको स्वास्थ्य उपचारका लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्नका लागि मन्त्री पोखरेललाई आग्रह गरेका थिए । मन्त्री पोखरेलले प्रतिष्ठानद्वारा गरिएको प्रस्तावलाई पहल गरिने र सहजीकरणका लागि आफू लागि पर्ने जवाफ दिएका थिए । (सौस)

प्रतिक्रिया