‘जानकी मन्दिर घटना राज्यको षड्यन्त्र’

janakpur copyजनकपुरधाम, २१ पुस । छानबिन प्रतिवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीकोे जनकपुर भ्रमणका क्रममा जानकी मन्दिरमा भएको घटना राज्यको षडयन्त्र भएको भन्दै मधेसी मोर्चाद्वारा गठन गरिएको छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

विगत ४ महिनादेखि मधेसमा जारिरहेको आन्दोलनलाई मथ्थर पार्न राज्यले उतm घटनाको षडयन्त्र रचेको र राज्यको उतm कार्यमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले मलजल गरेको समितिले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

रामजानकी विवाहपञ्चमीको अवसरमा पुसमा राष्ट्रपति भण्डारीले मन्दिरको दर्शन गर्ने क्रममा उत्पन्न तनाव, मन्दिरभित्रको तोडफोड र त्यसपश्चात मन्दिर शुद्धिकरण घटना बारे तत्काल स्थानीय मोर्चाका नेता, पत्रकार र युवा प्रतिनिधिले छानबिन समिति गठन गरेका थिए । संघीय समाजवादी फोरम नेपालका धनुषा अध्यक्ष शेषनारायण यादवको संयोजकत्वमा गठित ९ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।  प्रतिवेदनमा उक्त घटनाको मुख्य दोषीको रूरुपमा जानकी मन्दिरका महन्त, स्थानीय प्रशासन र नेपाल सरकारलाई देखाएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाह जनकपुर आउँदा मिथिलाञ्चलको महत्वपूर्ण पर्व विवाहपञ्चमी बिथोलिएपछि सोही समयदेखि यस्तो बेला भिआइपीलाई आमन्त्रण नगर्ने निर्णय भएको थियो । जनकपुरमा पहिलेदेखि आन्दोलन चलिरहेको र राष्ट्रपति आए प्रतिकार गर्ने स्वर उठिरहेको बेला भिआइपीको भ्रमण कार्यक्रम बनाएकाले सरकार मुख्य दोषी रहेको आरोप प्रतिवेदनमा छ । राष्ट्रपतिको जस्तो गरिमामय पदलाई सरकारले राजनितिक मापदण्डको रूपमा प्रयोग गरेको आरोप लगाइएको छ । राष्ट्रपतिको भ्रमण बारे पुरै जानकारी भएर पनि महन्तले स्थानीय आन्दोलनकारीसँग झुटो बोलेको र आमरूपमा विरोध हुँदाहुँदै आफ्नो पद जोगाउन राष्ट्रपति भ्रमणमा सहयोग गरेकाले उनी पनि दोषी भएको ठहर समितिले गरेको छ ।

त्यस्तै, हिन्दू समुदायको अस्थासँग जोडिएको विवाह पञ्चमी जस्तो महत्वपूर्ण सांस्कृतिक पर्वलाई अवमूल्यन हुने गरी भिआइपीको भ्रमणलाई प्राथमिकतामा राख्नु, मन्दिरभित्र निषेधित गरिएको स्थानमा पनि जुत्ताचप्पल प्रवेशमा नियन्त्रण गर्न नसक्नु र मन्दिरभित्रको गर्भगृहसम्म कुकुर लगेकाले स्थानीय प्रशासन पनि दोषी रहेको दाबी गरिएको छ ।

राष्ट्रपतिको दर्शनपश्चात केही प्रदर्शनकारीले मन्दिरको गर्भगृहको ढोकामा लात हान्ने तथा त्यस अगाडिको घेरा तोडफोडेर आक्रोशमा हुने सक्ने उल्लेख गर्दै सम्मेलनमा छानबिन समितिका संयोजक यादवले भने, ‘उनीहरू दोषि हो भने कारबाही हुनुपर्छ तर त्यसअघि होसोहवासमा जुताचप्पल लगाएर मन्दिरभित्र गएको सुरक्षाकर्मीलगायतलाई कडा कारबाही हुनुपर्छ ।’

त्यस्तो गतिविधिलाई नियन्त्रण गर्न पुगेको सुरक्षाकर्मी र तस्बिर खिच्न गएको पत्रकारको नियत गलत नभएको प्रतिवेदनमा प्रष्ट्याइएको छ । ७ पृष्ठ लामो प्रतिवेदनले राष्ट्रपतिको जानकी मन्दिर दर्शन भएको तेस्रो दिन मन्दिरलाई शुद्धीकरण गरिएको घटनालाई अतिशयोक्ति भनिएको छ । विवाह पञ्चमीको मेला पश्चात् गरिने नियमित मन्दिर सफाइ र मन्दिरभित्र कुकुर र जुत्ताचप्पल लगिएकाले मात्रै गंगाजल छर्केर पवित्र बनाइएको दावी गरिएको छ ।

सोही घटनाको छानबीन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव विनोद केसीको संयोजकत्वमा गठन गरेको ४ सदस्यीय उच्च स्तरीय समितिले स्थलगत अनुगमन गरेर फर्केरको १ साता बितिसक्दा पनि उक्त प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

महन्थ दासलाई हटाउन सुझाव विवाहपञ्चमीको दिन भएको घटना महन्थराम तपेश्वर दास र छोटा महन्थ रामरोशन दासको संलग्नतामा भएको भन्दै उनीहरूलाई तत्काल पदबाट बर्खास्त गर्न छानबिन प्रतिवेदनमा माग गरिएको छ ।

जानकी मन्दिरको जग्गा अवैध रूपमा बिक्रीवित्तरण गरेको, मन्दिरमा चढ्ने भेटीको कुनै पारदर्शिता नरहेको, महन्थ नियुतmको अवधि समाप्त भइसकेको अवस्थामा पनि वर्षौंदेखि जड गाडेर बसेको तथा मन्दिरलाई विश्व सूचीमा अंकित गराउने कार्यमा विभिन्न रूपमा अवरोध गर्ने गरेकोले उनी दुवैलाई पदमुतm गरी मन्दिरलाई ट्रष्टमा लानुपर्ने प्रतिवेदनमा सुझाएको छ ।

प्रतिक्रिया