नयाँ वर्षमा प्रियंकाको “स्वतन्त्र”

priyanka copyकाठमाडौं । चलचित्रका गीतमा होस् या म्युजिक भिडियो । फिल्ममा बोल्ड अभिनय गर्न गाह्रो नमान्ने ग्ल्यामरस एवं बोल्ड नायिकाको रूपमा चिनिन्छिन् प्रियंका कार्की । उनै बोल्ड नायिकाको छवि बनाएका नायिका प्रियंका कार्की पछिल्लो समय गायिकाको रूपमा समेत परिचित बनेकी छिन् ।

उनको आफ्नै स्वर रहेको ‘स्वतन्त्र’ बोलको गीतको भिडियो प्रियंकाले नयाँ वर्षको अवसरमा सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरेकी छन् । भिडियोमा गायिका तथा नायिका कार्की आपैmँले ‘टु पिस’ लगाएर अभिनय गरेकी छिन् । भिडियोमा मोडलिङ र निर्देशनसमेत प्रियंकाकै रहेको छ । स्वरबारे चर्चा होला नहोला भन्न सकिन्न तर भिडियो निर्देशनमा उत्कृष्ट क्षमता प्रस्तुत गरेकी छिन्, प्रियंकाले । सैलश सिंहले रचना गरेको गीतमा संगीत पनि सैलेशकै छ ।

नेपालमा नायिकाहरूले स्वर दिन थालेको धेरै भएको छैन । यसअघि पनि रेखा थापा, गौरी मल्ललगायत नायिकाले गीत गाइसकेका छन् । तर, उनीहरूको स्वरको खास चर्चा भएन । प्रियंकाको स्वरको पनि चर्चा हुने हो वा भिडियोमा देखिएको बोल्ड दृष्यको हेर्न बाँकी नै छ । (सौस)

प्रतिक्रिया