वार्ता र संवादबाट समाधान खोजौ“ : गच्छदार

झापा, १८ पुस । झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन मेची पुलको स्थलगत निरीक्षण एवं अवलोकन गर्न पुगेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसको समस्यालाई वार्ता संवादको माध्यामबाट समाधान खोजिने बताएका छन् । उनले आन्दोलनरत दललाई मुलुकको गम्भीरतालाई ध्यानमा राखी वार्ता र छलफलबाट समस्या समाधान गर्न समेत आग्रह गरे ।

निर्माणाधीन पुलको निरीक्षणपछि पत्रकारहरूसँग नेपाली जनतालाई दुःख, कष्ट र पीडामा धकेलेर आन्दोलन गरिरहनु नेपाली जनताप्रतिको जिम्मेवारी हुन नसक्ने बताउँदै ती दलले सरकारको वार्ता टोलीसँग निर्णायक वार्ता गरेर समास्याको समाधान खोज्नुको विकल्प नरहेको बताए । उनले प्रदेश र सीमांकनका विषयमा मधेसवादी दलले गरिरहेको आन्दोलनलाई लम्ब्याउनुभन्दा पनि वार्ता र छलफलबाट निकास खोज्नु उत्तम भएको बताउँदै भारतको अघोषित नाकाबन्दी छिट्टै हट्नेमा आपूm विश्वस्त रहेको बताए । नाकाबन्दी र आन्दोलनका कारण मुलुकमा करिब ६ खर्ब रुपैयाँ क्षति भएको भन्दै यसले मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पु¥याएको बताएका छन् ।

उपप्रधानमन्त्री गच्छदारले निर्माणाधीन मेची पुल आगामी ५ महिनाभित्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । झापाको केचनादेखि चारआलीसम्मको ग्रामीण हुलाकी बाटो निर्माण गर्न केही प्राविधिक त्रुटि रहेको भन्दै उनले सोको निर्माणका लागि भारत सरकारसँग पनि पहल गरिने जानकारी दिएका छन् । सुनसरीको दुहबीदेखि पश्चिम झापाको भद्रपुरसँग जोड्ने क्षेत्रीयस्तरको एक सडक निर्माण हुने बताउँदै उपप्रधानमन्त्री गच्छदारले सो बाटोमा पर्ने देवनिया खोलाको निर्माणाधीन पुलको पनि निरीक्षण एवं अवलोकन गरी सम्बन्धित निकायलाई निर्माणको काममा गति दिनसमेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया