शुक्रबारबाट सेमिफाइनलका खेल सुरु

bhairawa newsबुटवल । बुटवलमा जारी स्व. किरण गुरुङ स्मृति तेस्रो पश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता आजबाट सेमिफाइनलका खेल सुरु हुँदै छन् ।

बुटवलमा जारी लुम्बिनी एक्स्पो २०१५, अन्तर्राष्ट्रिय व्यापार मेला २०७२ मा आयोजना गरिएको प्रतियोगिता सेमिफाइनलका खेल सुरु हुनुअघि अन्तिम क्वाटरफाइनलमा म्याग्दी र रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।

यसबीच बिहीबार ४ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा बाग्लुङलाई ३–० को सोझो सेटले हराउँदै गुल्मी विजयी भयो । त्यस्तै दोस्रो खेलमा म्याग्दी विजयी भएको छ । उसले पाल्पा जिल्लालाई ३–० ले हरायो । त्यस्तै तेस्रो खेलमा बाग्लुङलाई ३–० को सेटले हराउँदै नवलपरासी विजयी भएको छ । बिहीबार भएको अन्तिम खेलमा स्याङजा विजयी भएको छ । उसले पाल्पालाई ३–० को सोझो सेटले पराजित ग¥यो । लिग चरणमा हार बेहोरेका बाग्लुङ र पाल्पा प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा बाहिरिएका २ जिल्ला बाग्लुङ र पाल्पालाई मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष मिलन राना र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम गुरुङले नगद १०÷ १० हजार प्रदान गरी बिदाइ गरे ।

प्रतियोगितामा विजयी टिमले नगद ६० हजारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद ४० हजारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तृतीय टिमले नगद २० हजारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सान्त्वना हुने टिमले नगद १० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिनेछ ।

प्रतिक्रिया