दुई–चार दिनमै टुंगो लाग्छ : यादव

janakpurजनकपुरधाम, १५ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जारी अधिकार प्राप्तिको आन्दोलन दुई चार दिनमै टुंगो लाग्ने बताएका छन् । मधेश आन्दोलनका कारण सरकारको घुटना अब धेरै दिन थाम्न नसक्ने भएकोले अबको दुई चार दिनमै आन्दोलनको टुंगो लाग्ने बताएका हुन् ।

जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाले आयोजना गरेको लाठी जुलुशमा सहभागि हुदै अध्यक्ष यादवले नेपालमा हाल सम्म बनेका ७ वटा संविधान मध्ये कुनै पनि संविधानले मधेशी, आदिवासी, थारु, दलितको मुद्दा सम्बोधन नगरेको बताए ।

उनले बर्तमान समयमा कम्युनिष्ट पार्टीहरू र मण्डले एउटै भएको तथा उनीहरू कम्युनिष्ट नभई कमाउनिष्ट भएको आरोप लगाए । उनले अहिलेको संविधान नेपाल, खनाल र दाहालको संविधान भएको आरोप समेत लगाए । कोणसभामा बोल्दै अध्यक्ष यादवले अहिलेको आन्दोलन अन्यायपूर्ण राज्यको व्यवहारको अन्त्य गर्ने लडाई भएकोले यस लडाईमा सबैलाई लाग्न आग्रह समेत गरे ।

उनले अहिलेको आन्दोलन एक क्रान्तिकारी लडाई भएको बताउदै मधेशको जनताहरू लाठी र पहाडका जनताहरूले आफनो अधिकार लागि उठनुपर्ने बेला आएको बताए । आक्रोपसित यादव भन्छन्, ‘अब लातको भुत बातले मान्दैन, हामीले सरकारलाई धेरै मनाउने प्रयास ग¥यौ तर सरकारले आन्दोलनरत पक्षलाई थकाउने काम मात्र ग¥र्यो अब लातले मनाउन पनि हामीले जानेका छौँ ।’

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका धनुषा संयोजक शेषनारायण यादवको अध्यक्षतामा भएको सो लाठी जुलुसमा जनकचौकबाट सुरु भई, शिवचौक, भानुचौक, मिल्स एरिया, जचुकाली, वंशीचौक, पिडारी चौक हुदै रामानन्द चौकमा आएर कोणसभामा परिणत भएको थियो । लाठी जुलुसमा ४ हजार भन्दा बढी संख्यामा आन्दोलनकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया