रूपन्देहीमा नेत्रहीन संघको तालिम

rupandehi newsरूपन्देही, १५ पुस । उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले अपांगताको विषयमा सरकार गम्भिर भएको बताएका छन् । बुटवल–१४ तामनगरमा रूपन्देही नेत्रहिन संघको नवर्निमत तालिम तथा आश्रय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रायमाझिले अपांगताको विषयलाई सरकारले केन्द्रमा राखेर छलफल जारी राख्ने बताए । उनले भने, ‘अपांगताको विषयमा सरकार गम्भिरछ, अहिले प्रदान गर्ने गरेको अपांगता भत्ता बढाउनको लागि मेरो पहल हदैसम्म हुनेछ ।’

उनले नवनिर्मित भवनको अन्य भौतिक पूर्वाधार निर्माणको लागि मन्त्रालयस्तरबाट सक्दो प्रयास गर्ने प्रतिवद्वता जारी गरेका थिए । उनले आर्थिक, भौतिक र बर्गिय रूपमा पछाडी परेका नेपाली समाजमा अझ अपाङ्गता जगत झनै पछाडी परेको भन्दै यसको लागि सबैको साझा पहल जरुरी भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल ससकार महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका सह सचिव शंकर प्रसाद पाठकले दृष्टिविहीनहरूको पहलमा सुरु भएको भवन निर्माण कार्य उत्कृष्ठ भएको बताएका थिए । उनले अहिले निर्माण भएको भवनलाई आवाशिय तालिम केन्द्रको रूपमा विकास गर्नको लागि मन्त्रालयबाट सक्दो सहयोग हुने बताएका थिए ।

कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्र्रीय अध्यक्ष रमेश पोखरेलले अपाङ्गता बर्ग समाजको बोझ भन्दा पनि समाजको लागि उत्पादशिल जनशक्ति बनेर उदाउन सक्ने भन्दै यसको लागि सरकारी क्षेत्रबाट आवश्यक तालिम तथा नेतृत्व विकासको लागि लगानी बढाउनु पर्ने बताएका थिए । कार्यक्रममा जिल्ला विकास समिति रूपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गा प्रसाद श्रेष्ठ, बुटवल उपमहानर पालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्का, नेपाली कांग्रेसका जिल्ला सदस्य खगेन्द्र शमाए, संस्थाका संस्थापक अध्यक्ष आत्मराम पौडेल, अध्यक्ष बालकृष्ण मरासेनी लगायतले बोलेका थिए । १ तले तले नव निर्वाचित भवनमा २ कोठा र १ तालिम हल रहेको छ । दृष्टिविहिनहरूले एक व्याक्ति एक इँटा अभियान मार्फत निर्माण गरेका थिए । भवनको लागत ३३ लाख १३ हजार रहेको छ ।

प्रतिक्रिया