भग्नावशेष नहटाउँदा पालमै वास

eQmk'/sf] h]Fnf j:tL e"sDkn] Iflt k'¥ofPsf] eQmk'/sf] h]Fnf j:tL . e"sDkdf @# hgfsf] Hofg uPsf] of] j:tLdf cf7 dlxgf lalt;Sbf klg eQmk'/ gu/kflnsfn] eUgfjz]if gx6fpFbf kLl8tn] 6x/f agfpg kfPsf 5|}gg . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

भक्तपुर, १५ पुस । गत वैसाखमा गएको विनाशकारी भूकम्पले भत्काएको घरको भग्नावेशष हटाउन नसक्दा याहाँका पीडितहरु पालमै वस्न बाध्य भएका छन् । भूकम्प गएको आठ महिना बितिसक्दा पनि भक्तपुर नगरपालिकाले अझै भत्किएका घरको भग्नावशेष नहटाउँदा समस्या परेको पीडितहरले गुनासो गरेका छन् ।

हिउँदको जाडोले पालमा बस्नै नसक्ने अवस्था भएको बेला समेत नगरपालिकाले भग्नावशेष नहटाइदिँदा आफ्नै जग्गामा पनि टहरा बनाएर बस्न नपाएको उनीहरुको गुनासो छ । भक्तपुर वडा नं २ जेँला बस्ती अहिले पनि खण्डहर जस्तै रहेको छ । भग्नावशेष हटाइएका अन्य क्षेत्रका धेरैजसो भूकम्पपीडितले जाडो छल्न भत्किएकै घरको इँटा, काठ, झ्यालढोकाको प्रयोग गरेर त्यही ठाउँमा एकतलाको टहरा बनाएर बस्न थालेपनि जेँलाका बासिन्दाले आफ्नो जग्गामा बस्नसमेत नपाएकोमा चित्त दुखेको बताएका छन् । भूकम्पमा परि त्यस क्षेत्रमा २३ जनाको ज्यान गएको थियो ।

त्यस क्षेत्रका भूकम्पपीडितहरुले भत्किएका घरको भग्नावशेष हटाइदिन माग गर्दै पटक पटक नगरपालिकामा निवेदन गरेको भए पनि सुनुवाइ नभएको भन्दै पीडितहरलाई वेवास्त ागर्ने गरेको बताएका छन् । भूकम्प पछि मानवीय आस्था नेपालले बनाइदिएको जस्ताको टहरामा बस्दै आएका रुकेश दुवाल टहरामा बूढा बाबु र परिवारको बसाइ कठिन भएको बताए । ‘तुषारो पर्न थालेपछि जस्ताको शिविरमा बस्नै नसकिने भएको छ, अन्त जाने विकल्प छैन, शीत चुहिएर ओछ्याउन चिसै हुन्छ, वृद्धवृद्धा र बच्चालाई शिविरको बसाइ निकै कठिन बनेको छ, नगरपालिकाले भग्नावशेष हटाइदिए त्यहीँ गएर इँटाको छाप्रो हालेर बस्थ्यौँ’ उनले भने ।

त्यहीकी स्थानीय लक्ष्मी दुवालले पनि उस्तै गुनासो सुनाइन् । उनले चिसोले बालबच्चा बिरामी पर्न थालेको बताउँदै नगरपालिकालाई छाप्रो हाल्छाँै माटो फालिदेऊ भन्दा पनि सहयोग नगरेको दुखेसो पोखिन् । भूकम्पले घर भत्किएर तल्लो तलामा पुरिएर पनि बाँच्नु सफल भएकी रामलक्ष्मी दुवाल ब्रह्मायणीको टहराले चिसो थेग्नै नसकेको बताउँछिन् । भाडाको जग्गामा जस्ताको टहरा हालेर भक्तपुर नगरपालिका–१ ब्रह्मायणीमा बसेका भूकम्पपीडितलाई पानी, बत्तीको व्यवस्थासमेत नहुँदा निकै कठिन भएको उनको भनाइ छ ।

प्रतिक्रिया