‘ठुङ्दे’ले ‘फन्को’ को चर्चा

thungdeकाठमाडौं, १३ पुष । आगामी माघ १ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने नेपाली चलचित्र ‘फन्को’ यतिबेला चलचित्रको ट्रेलरभन्दा पनि अचम्मलाग्दो शब्द समावेश गरिएको ‘ठुङ्दे’ गीतका कारण चर्चामा छ ।

अहिले यही गीतलाई चलचित्र ‘फन्को’को निर्माण पक्षले प्रचारका लागि प्रयोग गरिरहेको छ । यही एउटा शब्दका कारण चर्चामा रहेको यो गीतका कारण पनि चलचित्रको व्यापारमा फरक पर्ने विश्वास निर्माता नरेन्द्र महर्जनले गरेको छ । गीतमा चेतन सापकोटा र रेश्मा सुनुवारको स्वर, चेतन सापकोटाको संगीत, राजेन्द्र थापाको शब्द छ । सुवर्ण थापा निर्देशित यो चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, प्रियंका कार्की र सौगात मल्लले मुख्य भूमिका निर्वाह गरेका छन् । विभिन्न देशमा प्रदर्शन भएर चर्चा पाइसकेको यो चलचित्रलाई लिएर अहिले निर्माता नरेन्द्र महर्जन पनि आशावादी देखिएका छन् । चार कलाकार अहिले चर्चामा छन् । यसैले ‘फन्को’ स्टारपावरको एउटा उदाहरण पनि हुनेछ । चलचित्रले पैसा र यसैको वरिपरि घुम्ने पात्रको कथालाई मुख्य रूपमा उठान गरिएको निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया