जंगलबाट पाइप उठाइयो काम गर्ने चासो छैन

बनेपा, १२ पुस । विनाशकारी भूकम्पलाई बहाना देखाउँदै योजना नै सम्पन्न नगरी बीच जंगलमा अलपत्र राखिएको डाँडापारिस्थित एक खानेपानी आयोजनाका लागि खरिद गरिएको लाखौँ मूल्य बराबरको पाइप जंगलबाट उठाइएको छ ।

केही साताअघि अलपत्र पाइपबारे समाचार प्रकाशन भएपछि पाइप सो जंगलबाट उठाइएको हो । तर पाइप उठाइए पनि कार्य सम्पन्न भने नभएको पाइएको छ । महाभारत लेकको बीचजंगल स्यौरीथलीमा अलपत्र अवस्थामा राखिएको सो पाइपलाई उठाएर अन्यत्रै लगिएको छ । आर्थिक वर्ष ०७१÷७२ को जिल्ला विकास समिति परिषद्बाट विनियोजन गरिएको सो खानेपानी आयोजना सम्पन्न भइसकेको कागजात तयार भए पनि हालसम्म आयोजनाको कार्य सम्पन्न भएको छैन । गाउँ विकास समितिको कार्यालय डाँडागाउँमा बुझाइएको आयोजना सम्बन्धि सम्झौतामा आयोजनाको काम सम्पन्न भई स्थानीयस्तरमका खानेपानी सेवा उपलब्ध भइसकेको उल्लेख छ । यथार्थमा भने पाइप हालै जंगलबाटै उठाएर अन्यत्रै लगिएको छ ।

क्षेत्रटोल खानेपानी आयोजनाका लागि जिल्ला विकास समिति काभ्रेबाट २ लाख बजेट विनियोजन भएको थियो । गाविस कार्यालयबाट आयोजनाका लागि प्रशासनिक खर्च काटेर १ लाख ९२ हजार बजेट निकासा भइसकेको छ । उपभोक्ताहरूबाट ३४ हजार २ सय ३२ रुपैयाँ जनश्रमदान वा अन्य केही कार्यबाट उठाउनुपर्ने उल्लेख छ । आयोजनाका लागि उपभोक्ता समितिले ५० एमएम साइजको ९ रोल पाइप खरिद गरेका छन् । गाविस कार्यालयमा उपभोक्ता समितिले बुझाएको विवरण अनुसार एउटा बिल भ्याट सहित ९ सय मिटर प्रति मिटरको ९४.५० रुपैयाका दरले ९६ हजार १ सय ६ रुपैया ५० पैसा बराबरको पाइप खरिद भएको छ । त्यसैगरी अर्को बिल भ्याटसहित ६ सय मिटर पाइपको प्रति मिटर ९४ रुपैयाका दरले ६३ हजार ७ सय ३२ रुपियाँ खर्च भएको उल्लेख छ । आयोजना अनुगमन समितिको प्रतिवेदनले खानेपानी आयोजनाको कार्य सम्पन्न भइसकेको प्रतिवेदन पेस गरे पनि आयोजनाका लागि पाइप खरिद गर्नुबाहेक अन्य कुनै पनि काम भने भएको छैन ।

आयोजना सम्पन गर्नका लागि गाविस कार्यालयमा ९ हजार १ सय ७६ रुपियाँ बराबरको सिमेन्ट खरिद गरिएको भनी विवरण बुझाइएको भए पनि उपभोक्ता समितिले सिमेन्ट भने खरिद गरेको छैन । गाविस सचिव उत्तमप्रसाद तिमल्सिनाले भने प्राविधिक स्टमेट सहितको कागजी प्रक्रिया पूरा भएपछि आपूmले रकम निकास गरेको र त्यसमा आप्mनो कुनै दोष नभएको बताए । प्राविधिक उप्रेतीले भने काम गर्दै जाँदा आप्mनो गल्ती भएको स्वीकार्दै जसरी भए पनि आयोजना सम्पन्न गराएरै छाड्ने बताए । उनले कार्य सम्पन्न गराउनु आप्mनो मात्रै दायित्व नभएको बताउँदै आफु जिम्मेवारीबाट पछि नहट्ने बताए ।

गाविस सचिव तिमल्सिनाले आपूmले बारम्बार कार्य सम्पन्न गर्नका लागि भेटवार्ता गरी र टेलिफोन संवाद गरी दबाब दिइरहेको बताए । पोलिथिन पाइपलाई विनाप्रयोग २ वर्ष राखिएको खण्डमा पाइप बिग्रिने प्राविधिकको भनाइ छ ।

प्रतिक्रिया