बाजुरामा पशु बौलाएर समस्या

बाजुर, १२ पुस । बाजुरा जिल्लाको साप्पाटा गाविसमा यो साताबाट गाई र कुकुरको स्वाथ्यमा अचम्मको समस्या देखिएको छ । साप्पाटा–७ पर्ने वामन थानमा स्थानीयले पालेका गाई र कुकुर बौलाएर मान्छे र पुश चौपायालाई टोक्न थालेको स्थानीय मनबहादुर रोकायाले बताए । कुकुर र गाई भैसी बौलाउँदा वनपात जाने महिलाहरू र विद्यालय जाने विद्यार्थीलाई समेत हैरानी भएको छ भने विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ  । बौलाहा कुकुरले टोकेर १०÷१५ जना  घाइतेसमेत भइरहेका छन्् । घाइते हुनेमा साप्पाटा–९ का सरिता विक सोही वडाका कल्पना विकलगायत रहेका छन् । उनीहरूको हाल कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

स्थानीय कान्तबहादुर न्यौपानेका २ वटा गाई बौलाएका छन् । कमल न्यौपानेको १ र अन्य गाउँलेकै  २ वटा कुकुर पनि बौलाएका छन् । गएको बुधबार मात्र कुकुरले स्थानीय आशा बुढाको भंैसीलाई टोकेर घाइते बनाइसकेको समेत स्थानीयले बताएका छन् । गाई र कुकुर बौलाउनुको कारणबारे कसैलाई जानकारी नभएको स्थानीय बताउँछन् । स्थानीय प्रकाशबहादुर बम उनले भने गाउँमा गाई र कुकुर बौलाहा हुँदा स्थानीयलाई हैरानी भएको छ । कुकुरले गाई भैंसीलाई टोक्ने गरेका छन् । मानिसहरू भाग दौड भएको  छ । कसो गर्ने हो यसको कुनै पनि उपाय पाएका छैनौँ के गरेर जोगिने हो यो बारे अन्योलमा परेका छाँै ।

बौलाएका गाई र कुकुर मान्छे र पशु देख्ने बित्तिकै टोक्न र हान्न आउने गरेको र सबैभन्दा केटाकेटीलाई हैरान भएको स्थानीयवासी बताउँछन् । स्थानीय सर्पलाल न्यौपाने भन्छन् ‘गाई र कुकुर बौलाहाहँुदा गाउँलेहरू त्रसित बनेका छन् । भने घर बाहिर निस्कनसमेत डर मान्ने गरेका छन् ।’ जिल्लाको विकट गाविसका रूपमा रहेको साप्पाटामा कुकुर र गाई मात्र बौलाहा नभएर वनजंगलमा रहेका स्यालहरू समेत बौलाएका बताइएको छ । वनजंगलमा स्याल बौलाहा हँुदा स्थानीयले रेबिज रोग हो की भन्ने शंकासमेत गरेका छन् ।

प्रतिक्रिया