मिस्टर नेपालको आकर्षण बढ्यो

mr nepalकाठमाडौं, २ पुस । ‘मिस्टर वल्र्ड २०१६’मा नेपाली युवाले पनि सहभागिता पाउने भएका छन् । यस बर्षबाट मिस्टर नेपालको बिजेताले मिस्टर वल्डमा सहभागिता पाउने भएको हो । मिस्टर वल्डमा सहभागिता जनाउन पाउने भएपछि अहिले मिस्टर नेपाल बन्न युवाहरूको भिड लागेको छ । एक्सपोज नेपाल डटकमको कार्यालय कुपन्डालेबाट अहिले मिस्टर नेपालका लागि युवाहरूको फारम भर्नेको लाइन नै देखिन्छ । स्वदेशमा आयोजना हुँदै आएको यो नै पुरुषहरूको सबैभन्दा ठूलो प्रतियोगिता भएको एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले जानकारी गराए ।

युवाहरूको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन यो प्रतियोगिता सहायकसिद्ध हुने बिश्वास आयोजकले लिएको छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरूप त्यसको उपयोगिता बारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रूपमा अगाडी वढाउन प्रतियोगीताले सहयोग पु¥याउने विश्वास आयोजकको छ ।

१६ बर्षदेखि ३५ बर्ष ननाघेका युवाहरूले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायत देशका प्रमुख शहरमा आयोजना हुने पहिलो चरणको अडिसनबाट छानिएर आएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाइनेछ । देशैभरी छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागीएको प्रतियोगितामा बिभिन्न चरणबाट छानिएका ४० देखि ४५ सम्मका अन्तिम प्रतियोगिलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ , समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिधाका बिषेश प्रशिक्षण बिभिन्न अनुभवी व्यक्तित्वहरू द्धारा दिइनेछ ।

सन् २००१ बाट सुरु भएको मिस्टर नेपालमा रोहित थेवे, जीवन लुईटेल, गौतम सुवेदी, उज्वल घिमिरे, सुरेश घिमिरे, आयुष्मान घिमिरे, सुरेश गैले , सुरज चिलवाल, सन्दिप पोखरेललगायत बिजेता घोषित भइसकेका छन् ।

प्रतिक्रिया