निजीलाई तेल नदिइने

काठमाडौं, २९ मंसिर । निजी कार तथा जीपलाई तत्कालको लागि तेल नदिने निगमले निर्णय गरेको छ । नेपाल आयल निगमबाट ४ दिनसम्म निजी मोटरसाइकल तथा स्कुटरलाई कोटा प्रणालीमा पेट्रोल वितरण गरिए पनि पुनः निजी कार तथा जीपले तेल नपाउने निगमले निर्णय गरेको हो । निगम एक उच्च स्रोतका अनुसार मोटरसाइकल तथा स्कुटरलाई ४ दिनमा झण्डै ८ लाख लिटर पेट्रोल वितरण भइसकको छ ।

पेट्रोलियममा मौज्दातमा कमी आएकोले कार तथा जिपलाई तेल वितरण गर्न नसकिने स्रोतले जानकारी दियो । मौज्दातमा वृद्धि हुनासाथ निजी कार तथा जीपलाई विशेष प्राथामिकतामा राखेर तेल वितरण गरिने समेत स्रोतको दावी छ ।

यसअघि नेपाल आयल निगमले मंसिर २० गते मोटरसाइकल तथा स्कुटरका लागि पेट्रोल वितरण गरेपछि निजी कार तथा जीपलाई सूचना प्रकाशन गरेर तेल वितरण गर्ने जनाएको थियो ।

मोटरसाइकल तथा स्कुटरलाई तेल वितरण गरेपछि मन्त्रालयमा २ दिनदेखि समीक्षा गर्न बसेको बैठकले मौज्दात तेल अहिलेको अवस्थामा अत्यावश्यक सवारी सधानहरू बाहेक अन्य सवारी साधनलाई तेल वितरण गर्न नसकिने निर्णय गरेको स्रोतले जनाएको छ ।

मौज्दातमा केही परिमाण वृद्धि भएपछि कोटा प्रणालीमा लट अनुसार कार तथा जिप लाई तेल वितरण गरिने छ ।

निजी कार तथा जिपले पछिल्लो पटक कोटा प्रणालीमा कात्तिक १९, २० र २१ गते १५ लिटरका दरले पेट्रोल पाएका थिए । त्यपछि निजी कार तथा जिपले ४० दिन हुँदासम्म पनि पेट्रोल पाउन सकेका छैनन् ।

तर उपत्यकालगायत देशभर नेपाल आयल निगमले निजी कार तथा जिपलाई तेल वितरण नगरे पनि चोक चोकमा निजी सवारी साधनको जाम देखिन्छ । ट्राफिक प्रहरीका अनुसार नाकाबन्दीको सुरूवातमा भन्दा अहिले सडकमा धेरै निजी सवारी साधन संचालनमा छन् ।

प्रतिक्रिया