४ वर्षपछि आयो द भाइब्ज

काठमाडौं, मंसिर २८ । १ दशक अघि अमेरिका रहँदै आएका उत्साहित सांगीतीक युवाहरूले सञ्चालन गरेको नेप्लिज अमेरिकन व्याण्ड द भाइब्ज अगाडि बढ्दै आएको छ । अमेरिकाबाट सञ्चालनमा आएको द भाइब्जले व्याण्ड गठन भएको ४ वर्षको मेहनतपछि स्तरीय नेपाली रक गीत संगीतहरूलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गीती अडियो एलबम सार्वजनिक गरेको थियो ।

पहिलो एल्बमबाट राम्रो चर्चा पाए पनि व्यान्डले दोस्रो एलबम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष कुर्नु प¥यो । २ वर्षअघि सन् २०१३ मा ‘को हुँ म’ बजारमा ल्यायो । संगीत सिर्जना र एलबम प्रकाशनमा हतार नगरी सदैव गुणस्तरमा विश्वास गर्ने द भाइब्ज व्याण्डले सोही दोस्रो एल्बमको एउटा गीतमाथि निर्माण गरिएको म्युजिक भिडियोस्वरूप आप्mनो सातौं भिडियो प्रस्तुती बुधबार सार्वजनिक गरेको छ ।

व्याण्डले एल्बममा संग्रहित निर्मोही बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । भिडियो सार्वजनिक भएसँगै बिहीबार नेपाली टेलिभिजन च्यानलहरूमार्पmत यसको वल्र्ड प्रिमियर हुने भएको छ ।

सार्वजनिक भिडियोको गीत व्यान्डका भोकलिष्ट प्रइन सिंहले गाएका हुन् भने यसमा कम्पोज शरद युवराज सिंहको रहेको छ । भिडियोलाई दीपक बमजनले निर्देशन गरेका छन् भने यसमा छायांकन र सम्पादनमा पनि उनकै रहेको छ । विश्वस्तरिय रक गीत संगीतका लागि नेपालदेखि अमेरिकासम्म उत्तीकै ख्याति कमाएको द भाइब्ज व्याण्डको यो गीतको भिडियोमा प्रकाश, अञ्जना, अमृतलगायतले मोडलिङ गरेका छन् । भिडियो नेपाली शैलीमा निर्माण गरिएको छ । आप्mना सबै भिडियो अमेरिकामा छायांकन गर्दै आएको व्याण्डले दोस्रोपटक सम्पूर्ण भिडियो नेपालकै विभिन्न स्थलमा छायांकन गरेको छ ।

यो भिडियोको छायांकन गत १२ वैशाख गते म्युजिक भिडियो निर्देशक दीपक बमजनको नेतृत्वमा चोभार डाँडामा सुटिङको तयारी गरिइरहँदा विनाशकारी भूकम्प गएको थियो । भूकम्पका बेला युनिट चोभार डाँडामा लोकेशन तय गर्दै थियो भने मोडलहरू सुटिङमा पुग्नका लागि मोटरसमाइकलमा यात्रा गरिरहेका थिए । भूकम्प गएपछि पनि युनिट केही दृश्यको सुटिङ गरेर मात्र फर्किएको थियो ।

पहिलो एल्बम ल्याएलगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मुख्यतया ३ उत्साही युवाले गठन गरेका थिए । व्याण्डका यी ३ युवा अहिले नेपालदेखि अमेरिकाका विभिन्न प्रतिष्ठित क्षेत्रमा संलग्न छन् । व्याण्डका ड्रमर नेपाल समाचारपत्र दैनिक, कामना सिने मासिक र साधना हेल्ट डाइजेष्टको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्का सिइओ छन् भने भोकलिष्ट प्रइन सिंह अमेरिकाको क्लालिफोर्नियास्थित हटमेल डट कममा इन्जिनियर छन् । त्यसैगरी गितारिस्ट रूपक लामा उत्तरी क्यालिफोर्नियाको रेष्टुराँ उद्यमीका रूपमा स्थापित छन् ।

व्याण्डले यसअघि आप्mना २ एलबममा रहेका खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा बोलका गीतमाथिको म्युजिक भिडियोमार्पmत समेत ख्याती आर्जन गरिसकेको छ । बजारमा थोरै गीत संगीत र म्युजिक भिडियो ल्याउने तर स्रोता र दर्शकको मनमा बसिरहने चाहना हाम्रो व्यान्डको हो व्यान्डका ड्रमर दिरेकललाल श्रेष्ठ भन्छन् । ‘हाम्रो यो नीति र चाहना नै अहिले परिचय बनेको छ ।’ त्यसैगरी व्याण्डमा भोकलिष्ट प्रइन सिंह व्याण्ड सुस्तरी अघि बढ्ने तर, लामो रेसको घोडा बन्ने बताउँछन् ।

प्रतिक्रिया