नकाबन्दीविरुद्ध जनमोर्चा

काभ्रे, २६ मंसिर । राष्ट्रिय जनमोर्चा काभ्रे जिल्ला समितिले अघोषित नाकाबन्दीको विरोध गर्दै विरोधसभाको आयोजना गरेको छ । शनिबार बनेपाको चारदोबाटोमा आयोजना गरेको विरोध ¥यालीपछि कोणसभा गर्दै विरोध गरिएको थियो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष सुवर्णविक्रम थापाको सभापतित्वमा भएको कार्यक्रममा राजमो बाग्मती अञ्चल अध्यक्ष गोविन्द सिंह थापाले नाकाबन्दीले पु¥याएको क्षतीलाई भारत सरकारले जिम्मा लीनुपर्ने बताएका छन् ।

थापाले सरकारसँग तराई भएको आन्दोलनलाई तत्कालै सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । नाकाबन्दीले किसान , विधार्थी र दैनिक उपभोग्य बस्तुमा पारेको मानविय संकटलाई अन्तर्राष्ट्रीयस्तर सम्म पहल गरिनुपर्ने बताईएको थियो । यो समस्याप्रति सरकारको कुनै पनि ध्यान जान नसकेको आरोप लगाँउँदै थापाले आगामी दिनमा पनि बेवास्ता गरे सरकार बिरुद्ध पनि आफूहरूको नयाँ कदम बाहिर ल्याईने चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया