भारतीय वन विभागद्वारा दशगजामा बाँध

ef/tLo jg ljefuåf/f bzuhfdf afFw 	g]kfnsf] ;xdltlag} k'gjf{;sf] k/f;gsf] aLrkmfF6fl:yt g]kfn–ef/t ;Ldf :tDe g+ !(! b]lv !($ ;Dd sl/a tLg lsdL nDafOsf] df6fsf] afFw agfpg ;'? ul/Fb} . tl:a/ M bLk]Gb| s'df/ a:g]t, s~rgk'/, /f;; .

कञ्चनपुर, २५ मंसिर । भारतीय वन विभागले नेपालको सहमतिबिनै पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजामा माटो थुपारी ३ मिटर अग्लो बाँध उठाउन थालेको छ । परासनको बीचफाँटा स्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म करिब ३ किमी लम्बाइको बाँध बनाउन सुरु गरेको हो ।

दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा दुई देशका बीचमा छलफल हुनुपर्नेमा भारतीय पक्षले नेपाली पक्षसँग सहमति नै नगरी बाँध जस्तो देखिने अग्लो माटोको आली उठाउन थालेपछि स्थानीय प्रशासनले समेत चासो राखेको छ । दुबै देशको सिमामा कामगर्दा सहमती गर्नुपर्नेमा एक्कासी निर्माण प्रक्रिया कसरी सुरु भयो त्यसका बारेमा जानकारी लिइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद अर्यालले बताएका छन् ।

स्थानिय बासिन्दाहरूका अनुसार पुनर्वास नगरपालिकाको वडा नं १ मा पर्ने यस क्षेत्रमा विगतदेखि नै भारतीय पक्षले बेलाबेलामा सीमा अतिक्रमण गरिरहेको गुनासो गरेका छन् । दुई देशीय सीमा क्षेत्रमा कुनै एक पक्षले कुनै पनि संरचना बनाउन नपाइने अन्तर्राष्ट्रिय मान्यता भए पनि बीचफाँटाको दशगजामा भारतीय पक्षले बेलाबेलामा मनोमानी गरिरहेको सीमा क्षेत्रका जानकार कुबेर नाथले जानकारी दिए । परासनको बीचफाँटमा भारतले ०६० देखि पटकपटक सीमाको अतिक्रमण गरिरहेको र अहिले फेरि दशगजा नै मिचिने गरी बनाएको बाँध जस्तो संरचनाबारे संसद्को ध्यानाकर्षण गरिने गर्न कञ्चनपुर क्षेत्र नं १ का सभासद् दिवानसिंह विष्टले जानकारी दिएका छन् ।

नेपाल सरकारले यहाँको सीमा क्षेत्रको वैज्ञानिक रूपमा खोज र दशगजा निर्माणमा पहल नथाल्दा सीमा व्यवस्थित हुन नसकेको दुःखेसो स्थानीयवासीको रहेको छ ।

प्रतिक्रिया