गाउँ–गाउँमा प्रहरीको होर्डिङबोर्ड

खोटाङ, २३ मंसिर । जिल्लामा हुने अपराध रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाको विभिन्न ठाउँमा सन्देशमूलक होर्डिङबोर्ड राखेको छ । प्रहरीले जिल्लामा शान्तिपूर्ण र अपराधरहित समाज निर्माणमा गर्ने उद्येश्यले होर्डिङ बोर्ड राखेको जनाएको छ ।

प्रहरीले खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल, बढी भीडभाड भइरहने नाका, हाटबजार, चोक तथा प्रहरीचौकी आसपासमा सन्देशमुलकबोर्ड राखेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जिल्लाको मुख्य नाका, चोक वा सबैको पहुँच पुग्ने स्थानमा सन्देशमूलक होर्डिङबोर्ड राख्न मातहतका प्रहरीचौकीका ईन्चार्ज तथा प्रतिनिधिलाई खटाइएको जानकारी दिएका छन् । प्रहरीलाई जनताको सेवककारूपमा स्थापित गराएर सुरक्षाको प्रत्याभूति दिलाउन होर्डिङबोर्ड राख्ने अवधारणा अघि सारिएको प्रनाउ माझीको भनाइ छ । होर्डिङबोर्डमा प्रहरीद्धारा प्रदान गरिने सेवा निःशुल्क हुने, भ्रष्टाचार विरुद्ध शुन्य सहनसिलताको विकास गर्न÷गराउन, बेश्याबृत्ति र गुण्डागर्दीलाई निरुत्साहित गर्न, जुवातास नखेल्न, सार्वजनिकस्थलमा मादक पदार्थ सेवन गरेर हो–होल्ला नगर्न, अपराध तथा अपराधीको विषयमा प्रहरीलाई जानकारी दिने जस्ता १९ वटा सन्देश लेखिएको छ । होर्डिङबोर्डमा लेखिएका सन्देशमार्फत गाउँगाउँमा बसोवास गर्ने नागरिकलाई सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

हाल सम्म जिल्लाको ३४ ठाउँमा स्थानीय व्यक्ति संघ सँस्थाको प्रायोजनमा तयार पारिएका होर्डिङबोर्ड राखिएको प्रहरीले जनाएको छ । शान्तिपूर्ण र अपराधसहित समाज निर्माण अभियानमा लागेको प्रहरीले जिल्लाको विभिन्न ठाउँमा सचेतनामूलक गोष्ठीसमेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया