शिक्षा कार्यालयमा तोडफोड

जनकपुरधाम । जिल्ला शिक्षा कार्यालय धनुषामा आन्दोलनकारीहरूले वन्दको अवज्ञा गरेको भन्दै बुधबार तोडफाड गरेका छन् । जनकपुरको कुवा स्थित रहेको शिक्षा कार्यालयमा संयुक्त लोकतान्त्रिक मधसी मोर्चाका कार्यकर्ताहरू लाठी सहितको मोटरसाईकल जुलुस गएर तोडफोड गरेका हुन् ।

कार्यालयमा प्रवेश गरेर केही कुर्सी, टेवुल तोडफोड गरी क्षति पुु¥याएको शिक्षा कार्यालयले जनाएको छ । माध्यामिक तहसम्मको अध्यापन अनुमति पत्रको लागि केहि दिनदेखि शिक्षा कार्यालय सञ्चालनमा रहेको थियो । आन्दोलनकारीहरूले केहि महत्वपूर्ण रजिष्टर, दर्ता चलानी नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ ।  मोर्चाले सरकारी कार्यालयहरू नखोल्नको लागि पटक पटक आग्रह गरेपनि खोलेको भन्दै तोडफोड गरेको जनाएको छ ।

यस्तै केहि दिन यता खुकुलो रहेको जनकपुर बजार मंगलबारदेखि आन्दोलनकारीहरूले वनद गर्दै कडाई गरेको छ । (सौस)

प्रतिक्रिया