विश्व एड्स दिवसमा दीप प्रज्वलन

addis dibashकाभ्रे, १५ मंसिर । काभ्रेमा २८औँ विश्व एडस दिवस दीप प्रज्वलनसहित मनाइएको छ । एचआइभी एडस् दिवसको अवसरमा यो रोगको बारेमा सचेतना अभिवृद्धि गर्नुपर्ने भन्दै दीप प्रज्वलन गरिएको हो ।

बनेपाको चारदोवाटोमा गरिएको कार्यात्रम हाम्रो पहुँच तथा श्रद्धावान नेपालले संयुक्त रूपमा आयोजना गरेका थिए । कार्यक्रममा २०१५ ओटा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रीय सचिव रामजी शर्माले प्रमुख आतिथिको रूपमा एडस रोगीलाई अपमानित तथा हेयको दृष्टिले हेर्न नहुने बताएका छन् । श्रद्धावान नेपालका अध्यक्ष स्वामी राजानन्दको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन श्रद्धावान कोषाध्यक्ष श्याम बजगाइँले गरेका थिए ।

विश्वभरि रहेका एचआइभी संक्रमित बालबालिकाको दीर्घायुको कामना गर्दै दीप प्रज्वलन गरिएको कार्यक्रमका सभापति स्वामी राजानन्दले बताए । कार्यक्रममा काभ्रे जिल्लामा रहेका एचआइभी संक्रमित बालबालिकाको शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम राखिने हाम्र्रो पँहुचका अध्यक्ष अमिर बञ्जरा क्षत्रीले जानकारी गराएका छन् । एड्सको संक्रमणबाट बच्ने तथा बचाउनका लागि जागरण अभियान अनुरूप दियो बाली समाजमा जनचेतना अभिवृद्धि गर्ने र संकलित रकम र अन्य शैक्ष्ािक सामग्रीसमेत तत्काल प्रदान गरिने स्वामी राजानन्दले बताए । साथै मंसिर १५ अन्तर्राष्ट्रिय एड्स दिवसको अवसरमा बनेपाको तीनदोबाटोबाट प्रभातफेरी सुरु गरी चारदोबाटो, मिडिया चोक हँुदै बनेपा नगरपालिका परिसरमा अन्त्य गरिएको थियो ।

जिल्ला जन स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हाल काभे्र जिल्लामा १४ जना बालबालिका एचआइभी संक्रमित रहेका छन् ।

उता चितवनमा भने एचआइभी संक्रमितहरूले एआरटी नियमित प्रयोग गर्न थालेपछि संक्रमण दर घटेको छ भने मर्नेको संख्यामा पनि कमी आएको तथ्यांक बाहिर आएको छ । जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा रहेको एआरटी केन्द्रका संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१४ को नोभेम्बर मसान्तसम्ममा ८४ जना नयाँ संक्रमित थपिएका छन् । गत वर्षको नोभेम्बर मसान्तसम्ममा यो संख्या ९० रहेको थियो ।

त्यसैगरी यस वर्ष एचआईभी संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । गत वर्ष संक्रमणका कारण १५ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्ष यो तथ्यांक २५ जना रहेको संयोजक सापकोटाले बताए । जिल्लामा हालसम्म १ हजार २ सय ५८ जना संक्रमित खुलेका छन् । जिल्लामा कुल संक्रमितको संख्या २ हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

जसमध्ये भरतपुर अस्पतालको एआरटी केन्द्रबाट ६ सय ३२ जनाले नियमित रूपमा एआरटी र सहयोग तथा हेरचाहको सुविधा लिई रहेको संयोजक सापकोटाले बताए । सुविधा लिनेमध्ये २ सय ९३ पुरुष, २ सय ७८ महिला र ६० जना बालबालिका छन् ।

एआरटी नियमित प्रयोगकर्ताबाट संक्रमण कम मात्रामा सर्ने र ‘कन्डम’ प्रयोगकर्ता बढेकाले संक्रमित थपिने दरमा कमी आएको जिल्ला एड्स समन्वय समिति चितवनका पूर्वसंयोजक रामहरि न्यौपानेले जानकारी दिएका छन् । गएको एक वर्षमा २७ हजार ८ सय ३० वटा कन्डम प्रयोग भएका छन् । गत वर्ष १६ हजार ३ सय कन्डम मात्र वितरण गरिएको थियो । औषधि प्रयोगकर्ताले नियमित औषधि सेवन गरेका र उपचार पद्धति प्रभावकारी बनेकाले मृत्यु दर पनि घटेको अनुमान गरिएको छ ।

जिविस चितवनका कार्यक्रम अधिकृतसमेत रहेका न्यौपानेले भरतपुर अस्पतालमा रहेको एआरटी केन्द्रले गुणात्मक सेवा दिएका कारण मृत्यु दर घटाउन सफल भएको बताए ।

प्रतिक्रिया