पाँचथर, १४ मंसिर । पाँचथरमा पेट्रोल आयो तर तेलभर्ने पालो भने १० दिनपछि पनि नआउने उपभोक्ताहरूले गुनासो गरेका छन् । इन्द्रायणी अटोमोबायसमा पेट्रोल आएको भए पनि निकै लामो समयको पालो कुर्नुपर्ने भएकाले उपभोक्तालाई सास्ती भएको छ ।
अटोमोबायसका सञ्चालक प्रकाश तिमल्सिनाले डिलरबाट मंसिर ८ गतेदेखि वितरण तेल वितरण गर्न सुरुआत गरेको जानकारी दिएका छन् । उनले कुन प्रकारको सवारी साधनलाई कहिले तेल दिने भन्ने बारेमा पालो बाँधेको पनि जानकारी दिए । कसले कति लिटर तेल लिन सक्छन् । भन्नेसमेत नियम बनाएका उनले सञ्चारकर्मीलाई १० लिटरका दरले तेल दिने बताए । उनले सरकारीगाडीलाई समेत तेल दिइरहेका छन् । १२ गते ३, ४ लटमा रहेका उपभोक्तालाई र १३ गते ५, ६, ७, लटका उपभोक्तालाई उनले तेल दिएको बताएका छन् । मंसिर १४ गते ८ लटका सबैलाई वितरण गरिएको डिलर सञ्चालक तिमल्सिनाले जानकारी दिएका छन् ।
उनले यसरी बाँडेको भए पनि तेल पु¥याउन नसकिएको बताए । कति उपभोक्ताहरू रित्तै फर्किएका छन् । सञ्चालक तिमल्सिनाले भने ‘तेल कहिले आउँछ थाहा छैन्’ डिलरमा आएको तेल र ग्यास वितरण राती नभनी बाँडेको हो ।
लटमा वितरण गरिएको पेट्रोल ८ सय रुपैयाँ बराबरको मोटरसाइकल उपभोक्ताले पाएका छन । उपभोक्ताले १० दिनपछि तेल आएको खण्डमा पुनः तेल पाउने प्रावधान मिलाइएको उनले जानकारी दिएका छन् । तेल लटमा वितरण गरिएपछि नागरीकहरूले राहत महसुस गरेको फिदिम बजारका समाजसेवी कृष्ण मिश्रले बताए । थोरै भए पनि लट अनुसार गर्दा व्यवस्थितचाहिँ भयो ।
तेल वितरण गर्न तिमल्सिनालाई छिमेकीहरूले समेत सहयोग गरेको भन्दै उपभोक्तालाई सहजीकरण गर्न सजिलो भएको उपभोक्ता पुष्प बस्नेतले बताए । तेल वितरण गरिएको रेकर्ड जिल्ला प्रशासन कार्यालयमा पेस गर्न तिमल्सिनालाई भनिएको छ ।
प्रतिक्रिया