बन्दले जनजीवन प्रभावित

पाँचथर । नेकपा –माओवादी ( विप्लव) समूह ले आयोजना गरेको आमहड्ताका कारण आइतबार सुदूरपूर्वी जिल्लाको जनजीवन प्रभावित बनेको छ । बिहानदेखि नै पाँचथरमा यातायात, बजार, शिक्षणसस्थान, कलकारखाना ठप्प रहे । भारतीय नाकावन्दी, नेपाल सीमाना अतिक्रमण, कालोबजारी र वर्तमान सरकारको असक्षम पक्षको आवाज उठाउँदै आमहड्तालको आव्हान गरेको हो ।

बन्दकर्ताले मोटरसाइकल भने चल्न दिएका थिए । ताप्लेजुङ , पाँचथर, इलाम, झापालगायत जिल्लामा चल्ने सवारीसाधन नचल्दा थप जनजीवन कष्टकर बनेको छ । बन्दमा प्रेस, कूटनीतिक नियोग, एम्बुलेन्सलगायत सबारीसाधनलाई रोक नलगाइएको पाँचथर पार्टी इन्चार्ज अर्जुन घिमिरेले बताए ।

इन्धनअभावको कारण उत्पन्न समस्यामा बन्दको कारण अझ समस्या बढेकोे एक व्यापारी बताउँछन् । बन्द आव्हानकर्ताले फिदिम बजारमा माइकिङ गरी बन्द गरी आमहड्तालमा सहयोग गरिदिन अनुरोध समेत गरेका थिए । ( सौस)

प्रतिक्रिया