जेसिजको व्यक्तित्व विकास कार्यक्रम

kavre newsकाभ्रे । काभ्रे जेसिज, काभ्रे महिला जेसिज र बनेपा जुनियर जेसिजको संयुक्त आयोजनामा भएको ‘समूदायमा जेसीज’ कार्यक्रम समापन गरिएको छ । कार्यक्रम अन्तर्गत प्रभावकारी भाषण तालिम, वतृत्वकला, चित्रकला, टेबलटेनिस र म्याराथन लगायतका प्रतियोगिता आयोजना भएका थिए ।

समापन अघि भएको म्याराथन प्रतियोगितामा गंगाादेवी माविका रमण तोलाङ्गेले उपाधी जितेका छन् । मावि स्तरीय प्रतियोगितामा छात्रतर्फ नेपाल प्रहरी उच्च माविका प्रकाश थापा दोस्रो, बालनिकेतन उच्च माविका बिशाल बम्जन तेस्रो र नेपाल प्रहरीकै सन्तोज बजगाई चौथो भए ।

छात्रातर्फ जनज्योती माविकी स्वस्तिका केसी पहिलो, एभरेष्ट एकेडेमीका सोनी बस्नेत र रूपा दाहाल क्रमश ः दोस्रो र तेस्रो भए । एसओएस उच्च माविकी मुना कार्कीले सान्त्वना पुरस्कार पाएकी छिन् । ६० जना प्रतियोगी थिए ।

समारोहमा सबै प्रतियोगिताका विजयी र सहभागी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ । सांसद एवं काभ्रे जेसिजका पूर्वअध्यक्ष कञ्चनचन्द्र बादे, काभ्रे जेसिजका प्रथम अध्यक्ष ज्ञानकाजी माननन्धर र काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष एवं काभ्रे जेसिजका सदस्य सुरकृष्ण बैद्यले विजयीहरूलाई पुरस्कार प्रदान गरे ।

प्रत्येक बर्ष जेसिजले समूदायमा जेसिज कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिता एवं सामाजिक काम गर्दै आएको छ ।

प्रतिक्रिया