ग्यासमा पनि अनुगमन

काभ्रे, १२ मंसिर । काभ्रे प्रशासनले पेट्रोल पम्पहरूमा विशेष अनुगमन तथा शिलबन्दी गरेपछि मापदण्ड नपुगेको ग्यासको समेत अुनगमन गर्न सर्वसाधारणले माग गरेका छन् । उनीहरूले नाकाबन्दीको मौका छोपेर व्यापारीहरूले ग्यासमा समेत अनियमितता गर्ने गरेको भन्दै यसको समेत अुनगमन गर्न आग्रह गरेका हुन् ।

उनीहरूले ग्यासको सिलिन्डर भित्र वर्षौंदेखि थेग्रिएको लेदोले अनावश्यक तौल बढाएर बिक्री गर्ने गरेको भन्दै अनुगमनको माग गरेका हुन् । निश्चित समयमा सिलिन्डरको लेदो सफा गर्ने नियम भए पनि ग्यास बिक्रेता कम्पनीले यसलाई कार्यान्वयन नगर्दा उपभोक्ता ठगीमा परेको उनीहरूको भनाइ छ । स्थानीय एक उपभोक्ताले सकिएको सिलिन्डर जोख्दा १७ दशमलव ५ केजी रहेको बताए । १५ दशमलव २ केजी हुनुपर्नेमा लगभग साढे २ किलो लेदो जम्मा भएको रहेछ उनले भने । (सौस)

प्रतिक्रिया