सुनमा पनि तस्करीको शंका

काभ्रे । काठमाडौंबाट २६ किलोमिटर मात्र रहेको काभ्रे जिल्लाबाट सुन समेत तस्करी हुन सक्ने प्रहरीको अुनमान छ । कहिले ट्रक , टिफर र एम्बुलेन्स मार्फत सुन ओसार पसार हुने गरेका हुन् । सुन चाँदी व्यवसायीले बैंक मार्फत सुन किनेर बेच्नुपर्ने भए पनि क्वालीटी र परिमाणको कुरा देखाउँदै तस्करसँगै सुन किन्दै आएको केही व्यवसायीले स्वीकारेका छन् ।

बैंकले बेच्ने मूल्य भन्दा कममा क्वालिटी ४९९ रहेको सुन पाउछौं बनेपामा रहेर सुनचाँदी कारोबार गर्दै आएका एक व्यवसायीले भने, ‘बैंकले हप्तामा दुई चोटी मात्रै निश्चीत परिमाणमा सुन दिन्छ ’ त्यो पनि क्वालीटी कम हुने भएकाले आफूहरुले पनि बाध्य भएर तस्करले दिएको सुन किन्नु अवस्था आएको उनीहरुको भनाई रहेको छ । बाहिरबाट ल्याइएको सुनमा १७ सय देखी ३ हजार रुपैयाँ सम्म सस्तोमा पाइने भएपछि बैंकसँगको कारोबार ठप्प हुन थालेको स्थानीय व्यापारीहरूले बताएका छन् । (सौस)

प्रतिक्रिया