विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

रुपन्देही, मंसिर ११ । सडक दुर्घटनाको कारण ९ वर्षको हुँदा दुबै खुट्टा गुमाएका सुजन मल्ललाई बुटवलस्थित एम्स कलेजले निःशुल्क अध्यापन गराउने भएको छ । देवदह नगरपालिका–४ मा जन्मेका उनलाई कलेजले चारबर्षे बिबिएस निशुल्क पढाउने भएको हो ।

पाँच जनाको परिवार रहेको विद्यार्थी मल्लको पारिवारिक अवस्था नाजुक रहेकाले आफूहरुले चारबर्षे विविएस उत्र्तीण गर्न लाग्ने करिव १ लाख ६० हजार रुपैयाँ खर्च व्यहोर्ने निर्णय गरिएको एम्स कलेजका प्रबन्धक गोपाल न्यौपानेले जानकारी दिएका छन् । ग्रीन प्लान्ट उमावि बाट प्रवेशिका परिक्षामा ७८ प्रतिशत अंक र सोही उमाविमा प्लसटु ७३ प्रतिशतका साथ उत्र्तीण गरेका मल्ललाई उनको मेहेनेत र पढाई प्रतिको लगावको कारण एम्स कलेजले निःशुल्क रूपमा अध्यापन गराउने निर्णय गरिएको क्याम्पस प्रमुख दिपक ढकालले जानकारी दिए ।

उनका अनुसार विद्यार्थी मल्लका बुबा अहिले ड्राईभिङ्ग गर्दैै आएका छन् । विहिवार विद्यार्र्थी मल्लका अभिभावक आमा बुबाको साथमा विद्यार्थीलाई चार बर्ष सम्म कुनै पनि शुल्क नलिने गरी अध्यापनको जिम्मा लिएको क्याम्पस प्रमुख ढकालले जानकारी दिए । उनले अपांगता भएका विद्यार्थीहरुमा पनि अन्य व्याक्ति सरह क्षमता भएको भन्दै आर्थिक अभावको कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले विद्यार्थीलाई सहयोग गरिएको समेत जानकारी दिए । देवदह खैरेनी घर घएका मल्लका बुवा वोधविक्रम मल्ल र आमा गीता मल्ल हुन ।

प्रतिक्रिया