शिक्षामन्त्री र भारतीय राजदूतबीच भेट

sikchha mantriकाठमाडौं, ११ मंसिर । शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच भएको भेटमा शिक्षामन्त्रीले हाल भइरहेको शिक्षा क्षेत्रको व्यवधान हटाउन आग्रह गरेका छन् । शिक्षा मन्त्रालयमा भएको भेटका क्रममा शिक्षामन्त्री पोख्रेलले भूकम्पको क्षतिको पुनर्निर्माण, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, कानुनको दायरामा नआइसकेका विदेशी विद्यालय, यस्ता विद्यालयवाट उत्तीर्ण विद्यार्थीको योग्यता प्रमाणीकरण, भारतीय शिक्षकहरूको सुबिधा र पठनपाठनमा परेको व्यवधान हटाउनेलगायत विषयमा छलफल भएको थियो ।

उक्त अवसरमा भारतीय राजदुत रञ्जित रायले भूकम्पको क्षतिको पुनर्निर्माण प्रक्रियामा सघाउन तयार रहेको बताउँदै अन्य २ पक्षीय शैक्षिक समस्या समाधानका लागि आवश्यक पहल लिन शिक्षामन्त्रीलाई आग्रह गरेका छन् । शिक्षामन्त्रीले निरन्तर पठनपाठनमा परेको व्यवधान हटाउन सकारात्मक पहलको अपेक्षा गर्दै भारतबाट प्राप्त सहयोग सम्बन्धमा चाँडै योजना आयोग र अर्थसँग समन्वय गरेर प्रक्रिया थालिने विश्वास दिलाएका थिए । उनले आपूmले भर्खरै सार्वजनिक गरेको १८ बुँदे प्रतिवद्धता पत्र कार्यान्वयनमा सघाउन विषेश सहयोग गर्न आग्रह गरेका छन् । छलफलमा एक प्राविधिक पुनारोवलकन समिति बनाएर २ पक्षीय शैक्षिक समस्या समाधान गर्ने सहमतिसमेत भएको छ ।

यसैगरी नेपालका लागि अस्ट्रेलियाका राजदुत ग्लेन ह्वाइटसँग भूकम्पको क्षतिको पुनर्निर्माण, शिक्षामा अस्ट्रलियन सहयोग, छात्रवृत्ति, अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीको असहजताबारे छलफल भएको पोख्रेलका निजी सचिव लोचन खतिवडाले जानकारी दिएका छन् ।

प्रतिक्रिया