प्राविधिक संघमा पुस्कर लामा

puskar lamaकाठमाडौं, १० मंसिर । नेपाल चलचित्र प्राविधिक संघको नयाँ नेतृत्वमा पुष्कर लामा विजयी भएका छन् । राजधानीमा भएको चुनावी प्रतिस्पर्धाबाट लामाले अध्यक्षका अर्का प्रत्यासी अनन्त तिमिल्सिनालाई ३९ मतले पछि पार्दै आगामी दुई बर्षे कार्यकालको लागी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

लामाले १ सय ६० मत परेको थियो भने तिमिल्सिनाको पोल्टामा १२१ मतमा परेको थियो । निर्वाचनमा कुल मतदाता ३ सय ४७ रहेपनि जम्मा २ सय ८५ मत खसेको थियो । त्यस्तै निर्वाचनले १७ सदस्यिय नयाँ कार्यसमिति पनि चयन गरेको हो ।

यस्तै नव निर्वाचित कार्यसमितिको महासचिवमा सुरज आचार्य, दुई उपाध्यक्षमा अरूण रेग्मी र गणेश सापकोटा, सचिवमा शंकर पाण्डे र कोषाध्यक्षमा गीता पौडेल निवाचित भए भने १७ सदस्यीय कार्यसमितिको ११ सदस्य पदमा शालिकराम दुलाल, योगेश्वर पौडेल, देवी प्रसाद दाहाल, श्याम तामाङ, रविन आचार्य, दुर्गा पौडेल, दिनेशकुमार राई, शोभा श्रेष्ठ, विनोद कार्की, दिलिप पन्त, संगीता लामा र विनोद लामा विजयी भएका छन् ।

बिजयीसँगै नव निर्वाचित अध्यक्ष लामाले सबैलाई समेटेर प्राविधिक संघलाई अझ बलियो संस्था बनाउने बताए ।

प्रतिक्रिया