मोरङ, ९ मंसिर । लगातार तीन महिना देखिजारी भारतको अघोषित नकाबन्दीको विरोधमा सुनसरीमा विद्यार्थीले बृहत ¥याली प्रदर्शन गरेका छन् । उनीहरुले सुनसरीको इटहरीमा बुधबार वृहत ¥याली प्रदर्शन गर्दै नाकाबन्दी तत्काल फिर्ता लिन माग गरेका हुन् ।
इटहरी नगर भित्रका उच्च मावि तथा कलेजहरु गरी कारिब डेढ दर्जनबढी शैक्षिक संस्थाका तीन हजार भन्दा धेरै विद्यार्थीको सहभागितामा ¥याली प्रदर्शन गरिएको थियो । ¥याालीमा सहभागि विद्यार्थीहरुले नाकाबन्दी फिर्ता गर्नुपर्ने, पारवहन अधिकार सुनिश्चित गर्नुपर्ने माग राखेका थिए । नाकाबन्दीले चरम संकट निम्तिँदै गएको भन्दै उनीहरुले नाकाबन्दी तत्काल फिर्ता गर्न माग गरिएका प्लेकार्ड सहित ¥यालीमा उत्रिएका थिए ।
उनीहरुले आन्दोलनको प्रभावले शिक्षण सँस्थाहरुमा असर पुगेको, विद्यार्थीहरुलाई कलेज तथा विद्यालय आउजाउमा समस्या परेको बताएका छन् । नाकाबन्दीका कारण इन्धन संकट चुलिँदा विद्यार्थीहरुको अध्ययन प्रभावित भएको छ भने विद्यालय तथा क्याम्पस सञ्चालनमा समेत कठिनाइ भएको छ । इटहरी शैक्षिक समाजले व्यवस्थापन गरेको ¥यालीले इटहरी शहरको परिक्रमापछि इटहरी चोकमा आयोजित विरोधसभामा परिणत भएको थियो । विरोध सभामा जनता बहुमुखी क्याम्पस प्राध्यापक संघका प्रतिनिधि केवल फुयाँल, सुनसरी हिसान अध्यक्ष मुकुन्द घिमिरे, सामुदायिक विद्यालय शैक्षिक केन्द्रका कमल तिम्सिना र प्राध्यापक टंक खुलाललगायतले भारतीय नाकाबन्दी तत्काल खुल्नु पर्ने माग राखेका थिए ।
प्रतिक्रिया