माग पूरा गर्न १५ दिने अल्टिमेटम

जनकपुरधाम, ६ मंसिर । थारु कल्याणकारीणी सभाले आफ्नो माग पुरा गर्न सरकारलाई १५ दिनको समय रहेको बताएको छ । आइतबार धनुषामा पत्रकार सम्मेलन गर्दै सरकारलाई १५ दिनको अल्टीमेटम दिइएको भन्दै थारु कल्याणकारी सभा जनआन्दोलन परिचालन समितिको संयोजक राजकुमार लेखिले मधेसी र थारुको माग पुरा नगरे अलग मधेस देशको लागि लडाइ हुने र सिके राउतको मागमा मलजल हुने चेतावनी समेत दिएका छन ।

उनले जनतामाथि तीन महिना देखि गोली प्रहार गराउने र गोली प्रहार भइरहँदा पनि चुप–चाप वस्ने जनप्रतिनिधीहरुलाई जनताले कारवाही गर्नका लागि सार्वजनिक आवहन समेत गरेका छन् । तीन दलका शिर्षथ नेता तथा विभिन्न जिल्लाका जनप्रतिनिधीलाई कारवाही गर्नका लागि आव्हान गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै लेखीले मधेसी मोर्चा र थारु मोर्चाको एकै माग भएकोले अव अलग भएर होइन एकजुट भएर सशक्त रुपमा लड्नु पर्ने आवश्यकता रहेको वताए । उनले सिमांकनमा मोर्चाले मधेसमा दु्ई प्रदेशको मागमा थारु मोर्चाको पूर्ण समर्थन रहेकाले संगै भएर अधिकार प्राप्तिको लडाईका लागि एक हुन मधेसी मोर्चालाई आव्हान पनि गरेका छन् ।

उनले तीन दलका नेताहरु केपी ओली, प्रचण्ड र शुसिलले मुलुकलाई नजरबन्दमा राखेको र यीनीहरुले आप्mनो छुटै प्राइभेट लिमिटेड चलाईरहेको आरोप समेत लगाए । अहिलको वार्ता चिया र विस्कुटमा मात्र रहने भएकोले वार्ताको लागि सरकारी वर्ता टोलीको कुनै हैसियत नभएकोले वार्ताको लागि तीन दलका शिर्षस्थ नेताहरुलाई आफैं आउनुपर्ने वताए । विजय गच्छदारले विगत २७ वर्ष देखि सत्ताको लागि गिद्ध जस्तो प्रवृति देखाइरहेकाले यस्ता गद्दार प्रवृतिका व्यक्तिलाई वहिस्कार अभियान चलाउनु पर्ने वताए । उनले मधेसवाट जितेका प्रचण्डलाई साइकल चढ्ने कुरा भनिरहँदा हिम्मत छ भने साइकल चढेर सिरहा आउन र माधव नेपाललाई गौर आउन चेतावनी समेत दिए ।

नालायक, नश्लवादी, हिंसावादी तीन शिर्षस्थ नेताहरुको कारण मुलुक समस्यामा फसेको आरोप लगाउँदै लेखीले जनताले यीनीहरुलाई तह नलगाए सम्म समस्या सामाधान नहुने वताए ।

प्रतिक्रिया