लुटेराले पारिश्रमिक नदिएको आरोप

harshika shresthaकाठमाडौं । प्रर्दशनको मिति नजिकिदै गर्दा फिल्म ‘लुटेरा’का नायिका हर्षिका श्रेष्ठले चलचित्र ‘लुटेरा’का निर्मातामाथि पारिश्रमिक नदिएको र आफ्नो समय वर्वाद बनाएको आरोप लगाएकी छिन् । शनिबार कोलकत्ता उड्नुअघि सामाजिक सञ्जाल फेसबुकमा आक्रोशपूर्ण स्टाटस लेख्दै नायिकाले आफूलाई पारिश्रमिक पनि नदिएको र दुखः दिएको आरोप लगाएकी छिन् ।

दसैंअघि आफू पारिवारिक काम र फिल्मको छायांकन पुरा गर्न काठमाडांै आएको नायिकाको भनाई छ । फिल्मको छायांकन सकेपछि दसैंका लागि आफु्लाई कोलकत्ता उड्नु थियो भन्दै नायिकाले डबिङ सकेर जाने तयारी गरेको बताएकी छिन् । तर, फिल्ममा देखिएको केही समस्याका कारण आफुलाई प्रस्तुतकर्ता गोपाल कायस्थ, निर्माता बसन्त कुमार श्रेष्ठ र टी छिरिङ दोर्जे लामाले दसैंसम्म रोकिदिन आग्रह गरेको उनले स्टाटसमा लेखेकी छिन् ।

दसैंपछि पनि निर्माण पक्षले डबिङका लागि कुनै रुचि नदेखाएपछि आफूले सोध्दा केही दृश्य ओभरल्याप भएकाले फेरि सुटिङ गर्नुपर्ने जानकारी आएको नायिकाको भनाई छ । आफूले टिकट क्यान्सिल गर्दै सुटिङ र डविङ दुबै सकेको हर्षिकाले लेखेकी छिन् ।
निर्देशक दयाराम दाहालले डविङपछि आफूलाई तिमी यो भूमिकाका लागि आफ्नो रुचीमा नभएको बताएको पनि हर्षिकाको भनाई छ । डविङ सकिएपछि निर्माणपक्षले आफूलाई सम्पूर्ण बाँकी रहेको रकम दिने र टिकट पनि काटिदिने बाचा गरेको तर अहिले फोन नै उठाउन छाडेको भन्दै हर्षिकाले आक्रोश व्यक्त गरेकी छिन् । उनले यस्तो समस्या धेरै चलचित्रकर्मीलाई परेपनि उनीहरूले आवाज नउठाएको भन्दै यस्तो बिषयमा बोल्न आग्रह गरेकी छिन् ।

हर्षिकाको स्टाटसपछि उनको र प्रस्तुतकर्ता गोपाल कायस्थको फेसबुकमा दोहोरी नै चलेको छ । प्रस्तुतकर्ता गोपालले पारिश्रमिक लिनका लागि फोन गर्दा नउठाउने, दसवटा मोबाइलबाट फोन गर्ने भन्दै नभएको कुरा फेसबुकमा नलेख्न भनेका छन् । तर, हर्षिकाले फोन कसले उठाएन भन्दै प्रतिवाद गरेकी छिन् ।
कात्तिक २५ गतेबाट चल्ने यो चलचित्रको केही महत्वपूर्ण दृश्यहरू ओभरल्याप भएपछि निर्माण यूनिट तनावमा परेको थियो । (सौस)

प्रतिक्रिया