हुनत संगै संघर्ष गरेका सहयात्रीहरू मन्त्रि भएर चिल्लो गाडीमा हिडिरहदा उनलाई पनि ओ हो म पछि परेकी भन्ने लागेको होला । तर कुनै क ख ग मन्त्रि बनि रहँदा उसले मुलुक र जनताको हितमा कस्तो भुमिका खेल्यो । विपन्न र पिछडिएका समुदायको गाँस बास कपास शिक्षा स्वास्थ्य जस्ता आधारभुत सुविधाको सहज पहुँचका लागि कस्तो परिवर्तन आयो भन्ने कुराको समिक्षा हुनु पथ्र्याे । अह समस्क्षा भएन । त्यो विगतको जनता प्रतिको प्रतिवद्धता बिर्सेको अवस्था मात्र हो ।
नन्दकिशोर पुन पासाङका नामले चिनिने एमाओवादीका एक नेता नन्दबहादुर पुन मुलुकको उपराष्ट्रपतिमा चयन भएपछि अहिले बधाईको ओइरो लागेको छ । उनीसँग खिचिएका तस्बिर पोष्ट गर्नेको फेसबुकमा ताँती छ । एकजना युवा नेता उपराष्ट्रपतिमा चयन हुँदै गर्दा मलाई चाहिँ यो समय बधाई दिनेकी समवेदना प्रकट गर्ने समय हो छुट्याउन मुस्किल परि रहेको छ । माओवादीले संचालन गरेको ससस्त्र संघर्षलाई उत्कर्षमा पुर्याउन उनको भुमिका महत्वपूर्ण छ । उनले गरेको योगदानको सम्मान गर्दै पार्टीले उपराष्ट्रपति बनाउन भूमिका खेल्यो । उनी उपराष्ट्रपति भए । उनलाई सेनाको उच्च पदमा आसिन गराउन खोजेको माओवादी त्यसमा सफल भएन । संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर चारबाट उनलाई अगाडि बढाइयो । त्यस निर्वाचनमा पनि उनले जित हासिल गर्न सकेनन् । अहिले सेनाको उच्च तह र निर्वाचन जितेर बनिने माननीय भन्दा उच्च पदमा पुगेका छन् पासाङ । गाउँमा जन्मिएको सामान्य परिवारमा हुर्किएको विपन्न परिवारको सदस्य मुलुककै दोस्रो ठुलो पदमा पुग्नु आफंैमा महत्वपूर्ण कुरा हो । यो गौरवमय कुरा पनि हो । बाहिर हेर्दा यो आफंैमा ठुलै कुरा लाग्छ । तर, सारा परिवेश र पृष्ठभूमि केलाउने हो भने यो खुशी हुने, बधाई दिनेभन्दा समवेदना प्रकट गर्ने समय हो ।
मुलुकका लागि योगदान के हो ?
नेपालको वर्तमान संविधानले राष्ट्रपति र उपराष्ट्रपतिलाई आलंकारिक पद मानेको छ । यो कार्यकारी पद होइन । आलंकारिक भनेको गहना जस्तो सजाउन राखिएको पद होइन । यो मुलुकका लागि बिशिष्ट योगदान दिएका सर्वसम्मानित ब्यक्तिलाई राज्यले प्रदान गर्ने सम्मान होे । यो पदमा पुग्नका लागि पासाङको योगदान के हो ? माओवादीको सशस्त्र संघर्षमा उनको योगदान थियो । त्यो संघर्षले मुलुकले के पायो ? जनताले के पाए ? परम्परागत संसदीय ब्यवस्थाको बिरोधमा संघर्ष चल्यो तर त्यही व्यवस्था अनुसार उनी उपराष्ट्रपति चयन भएका छन् । जहाँ उनी पिँजडाको सुगाजस्तो बस्नु पर्ने छ । उनी एक इमान्दार राष्ट्रवादी नेपाली भएपनि सारा नेपालीले सम्मानले शिर निहुर्याउने व्यक्तित्व उनमा छैन । उनले मुलुकका लागि गर्न सक्ने धेरै कुरा छन् । समय पनि थियो । तर, हत्तनपत्त उपराष्ट्रपति बनाएपछि अब गर्न सकिने कुरा पनि उनका लागि जटिल हुने छ । सामान्य हिसाबले हेर्दा नन्दबहादुर पुनको योगदान महाबिर पुनको जत्तिको पनि छैन ।
पदका लागि थियो संघर्ष ?
ससस्त्र संघर्षमा भुमिका खेलेकै कारण उनी एमाओबादीको प्रतिनिधित्व गर्दै मुलुकको उपराष्ट्रपतिमा चयन भएका हुन् । उनी उपराष्ट्रपति भएपछि के नेपालका विपन्न र पिछडिएको समुदायको आर्थिक अवस्थामा सुधार आउछ ? गाँस, बास, कपास तथा शिक्षा, स्वास्थ्य जस्ता आधारभुत सुविधा र अधिकार पाउछन् ? त्यसका लागि उनले भुमिका खेल्न सक्छन् ? अहँ केही पनि गर्न सक्दैनन् । उनको विजयले भोक अभावमा पिल्सीएका जनताले एक रति पनि राहत पाउने छैनन् । उनीहरूको जिवनमा कुनै फरक पर्दैन । यहाँनिर प्रश्न के हो भने उनी ससस्त्र संघर्षमा गरेको योगदानकै कारण उपराष्ट्रपति त भए तर त्यो संघर्ष के का लागि थियो ? पासांग लगायतलाई उच्च पदमा राख्न की पिछडिको बर्ग र समुदायको हितका लागि थियो ?उनी यस्तो पदमा आसिन भएका छन् जुन पदमा बसेपछि आम रूपमा सर्बसाधारणमा जाने समाजका लागि केही योगदान दिने भन्ने कुरा कल्पना गर्नै कठिन छ । सुरक्षा घेराभित्र रहि रहनु पर्ने । भेटघाटका लागि पनि पालो मिलाउनु पर्ने । एउटा दिग्दार लाग्दो दैनिकिमा उनी फस्दैछन् । त्यसैले यस्तो पदमा अलमल गर्नु पर्ने कुनै कारणनै थिएन । हुनत संगै संघर्ष गरेका सहयात्रीहरू मन्त्रि भएर चिल्लो गाडीमा हिँडिरहदा उनलाई पनि ओ हो म पछि परेकी भन्ने लागेको होला । तर कुनै क ख ग मन्त्रि बनिरहँदा उसले मुलुक र जनताको हितमा कस्तो भुमिका खेल्यो । विपन्न र पिछडिएका समुदायको गाँस बाँस कपास शिक्षा स्वास्थ्य जस्ता आधारभुत सुविधाको सहज पहुँचका लागि कस्तो परिवर्तन आयो भन्ने कुराको समिक्षा हुनु पथ्र्याे । अहँ समस्या भएन । त्यो विगतको जनताप्रतिको प्रतिवद्धता बिर्सेको अवस्था मात्र हो ।
संकेत गतिलो थिएन
एमाओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अझै पनि भित्ते राष्ट्रपति भन्न छाडिएको छैन । किनकी बर्ग उत्थानका लागि संघर्ष गर्दा गर्दै वार्ता र सहमति मार्फत निर्बाचन होमिएको एमाओवादीले निर्बाचनको नारानै प्रचण्डलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनाउने भन्ने अगाडि सार्यो । मुलुकभरी भित्ता रंगाएर प्रचण्डका आकृति बनाइयो । ती अझै पनि धेरै ठाउँमा उस्तै पनि छन् । माओवादीको ससस्त्र संघर्ष प्रचण्डलाई राष्ट्रपति बनाउनका लागि थियो वा अरू केही थियो । माओवादीले संचालन गरेको संघर्ष प्रचण्डलाई राष्ट्रपति बनाउनकै लागि थियो कि जस्ता प्रचारबाजी देखिन्थ्यो । त्यसपछिका घटनाक्रम अझ उदांग भएर आए । पदमा कुरा नमिल्दा पार्टि एकपछि अर्को गर्दै टुक्रिदै गयो । संघर्ष गरेको पदकै लागि रहेछ की भन्ने भान जनतासम्म हुने गरि यो कुरा छताछुल्ल भयो । शब्द शब्दमा जनताको दुहाई दिएपनि जनताको बास्तविक कुरामा ध्यान दिने समयनै नभए जस्तो देखियो । त्यसैको पछिल्लो कडी हो वर्तमान सरकारको मन्त्रि मण्डलमा एमाओबादीको प्रतिनिधित्व र पासाङको उपराष्ट्रपतिमा चयन ।
माओवादी बिर्सजनको संकेत
माओबादीले अहिले अगाडि सारेका मन्त्रिको सुचीहरू हेर्दा माओबादी बिर्सजनको अन्तिम अवस्थामा पुगेको देखिएको छ । अनुभव र क्षमताका आधारमा भन्दा पनि पार्टीमा योगदान गरेको, नेताको नजिक भएको र विगतमा भागबण्डामा नपरेका नेतालाई अगाडि सारिएको छ । पासाङ उपराष्ट्रपतिमा पुग्नु पनि यसैको एउटा कडी हो । मन्त्रिहरूको सुची हेर्दा यस्तो लाग्छ अब मन्त्रि हुन यि मानिसबाहेक पार्टिमा कोही पनि बाँकी छैन । सबैको भाग पुगेको जस्तो । बिभिन्न सरकारमा गरेर पालैसंग धेरै नेताले झण्डावाल गाडीमा सवार गरे । तर ति यात्राले जनजिवनमा के प्रभाव पा¥यो ? मुलुकलाई के दिन सकियो कमैले मात्र समिक्षा गरेका होलान । तछाड मछाड यस्तो कि यस पटक भएन भने अर्को पटक पालो नै नआउने जस्तो । बर्तमान सरकारमा पाँच–पाँच जना उपप्रधानमन्त्री बनाउनु पर्ने बाध्यताको एउटा कारण यो पनि हो । यहीहो मौका यसपछि त पालो आउँदैनकी जस्तो । पुजा गरेर सबैलाई प्रसाद बाँडे पछि पुजाको औपचारिक बिर्सजन हुन्छ । अहिलेको माओबादीको भागबण्डा पुजा सकिएपछिको प्रसाद जस्तो छ सकभर कोही नछुटुन । भोलि के हो के हो ?
आधुनिक युगमा यस्तो इतिहास पढिँदैन
हामीले पढेको पाठ्यक्रममा पृथ्बी नारायण शाहका जिजुबुवा देखि एघारौ पुस्ताका बिरेन्द्र सम्मका तस्बिर सहितका जिवनी पढियो । त्यसैलाई ईतिहास भनियो । मुलुकमा पहिलो विद्यालय खोल्ने जंगबहादुरलाई खलनायक भनेर पढियो । अबको पुस्ताले यस्तो ईतिहास पढ्दैनन् । अहिले ईतिहासमा आफ्नो नाउँ लेखाउने होडमा कोही मन्त्रि, कोही प्रधानमन्त्री कोही के कोही के बन्न आई पुगेका छन् । तर ढुक्क हुनु आउने ईतिहासका पुस्तकमा यि पात्रको तस्बिर सहितको बिवरणलाई ईतिहास भनेर पढिने छैन । मुलुकका लागि के योगदान दिए भन्ने प्रश्नको उत्तरमा दुईचार बुँदा देखिदैन भने त्यस्तो मानिस जुनसुकै पदमा आसिन भएको भएपनि त्यसको नाम आगामी पुस्ताले ईतिहासको पुस्तकमा पढ्नु पर्दैन । कसैका सस्मरण, कसैका बंशावलीमा आउला तर मुलुकको ईतिहासमा ति पात्रका नाम र तस्बिर पढ्नु पर्ने छैन । किनकी हामीले देखि भोगी सकेका छौ । मुलुकमा कुखुरा चोर्न, घर फोर्न जाँदा कुटिएर मारिएका देखि मुलुक टुक्राउन, जातिय सद्भाव विगार्न खोज्नेहरू सबैलाई सहिदको कोटीमा राखिएको छ । तर इतिहासले शहिद भनेर जहिले पनि दशरथ चन्द, धर्मभक्त,गंगालाल र शुक्रराजलाई नै मान्ने छ । कसैले मिसमास पार्न खोजे पनि यी नामहरू इतिहारमा पानीमा तेल छुटिटए जस्तै छुटिएरै देखिने छन् ।
अन्तिममा
प्रजातन्त्रको पुर्नस्थापनाको आधा दशक बित्दा नबित्दै शुरु भएको माओवादी ससस्त्र संघर्ष जति मौलाउँदै गयो उति बाटो बिर्सदै गयो । लक्ष्य उद्देश्य र गतिविधिको तारतम्यमा ठुलो अन्तर देखिदै गयो । माओबादी नेताको जिवन शैलीमा आएको आमुल परिवर्तन, शिविरका लागि खर्च गर्न विनियोजित रकमको हिनामिना, लडाकुलाई दिइएको रकमको लुटपाट आदि माओवादीले बाटो भुलेका केही प्रमाणहरू हुन् । यसपटक भइएन भने फेरि पालो आउँदैन कि भनेर जुन हानथाप गरेर मन्त्रि बाँडफाड भएको छ । यी घटनाक्रमले अब बाटो भुलेको मात्र होइन विधिवत बिर्सजन गर्ने ठाउँमा आएको अनुभूति गर्न सकिने अवस्था छ । पृष्ठभुमि, वर्तमान अवस्था र संकेत हेर्दा ए माओवादी आफ्नो लक्ष्य उद्धेश्य पुरा नगर्दै बिर्सजनको अवस्थामा पुगेको देखिएकाले बधाई दिने कि समवेदना प्रकट गर्ने सोच्नुपर्ने अवस्था देखिएको छ ।
– हाल युएई
प्रतिक्रिया