कविको सम्झनामा कविता वाचन

काभ्रे, १ कात्तिक । शनिबार जनसाहित्यिक मञ्च काभ्रे नेपालको  आयोजनामा पनौती पार्टी प्यालेसको सभाहलमा भव्य कार्यक्रमबीच बाल साहित्यिकार तथा जनकवि जनकप्रसाद हुमागाँई तथा सुप्रसिद्ध हाँस्यव्यङ्गकार भैरव अर्यालको जन्मजयन्ति मनाइयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा जन सांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष प्राध्यापक डा. जिवेन्द्रदेव गिरीको प्र्रमुख आतिथ्यतामा सो जन्म जयन्ति समारोहको आयोजना भएको थियो ।

कार्यक्रममा जनसाहित्यिक मञ्चका केन्द्रिय अध्यक्ष राम विनय, महासचिव विनोद मञ्जन, कोषाध्यक्ष यशोदा अधिकारी, सचिवालय सदस्य प्रेम सिलवालको पनि उपस्थिति रहेको थियो भने जनसाहित्यिक मञ्च काभ्रे जिल्ला अध्यक्ष तथा प्रथम साहित्यिक हिमाल आरोही लक्ष्मण सापकोटाले शुभ कामना कविता वाचन गर्दै सो साहित्यिक कार्यक्रमको अध्यक्षता गरेका थिए । महा सचिव विनोद मञ्जनले प्रसिद्ध हाँस्यव्यङगकार भौरव अर्यालको बारेमा बालेका थिए भने डा. जिवेन्द्रदेव गिरीले जनकवि जनकप्रसाद हुमागाँइको बारेमा प्रकाश पारेका थिए ।

यसै कार्यक्रममा एमाले पनौती नगर कमिटी, एमाले २ नं क्षेत्रिय कमिटी तथा युवा संघ पनौती नगरकमिटीले पनि संयुक्त रुपमा चियापान तथा शुभकामना कार्यक्रमको आयोजना गरेका थिए सो कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज इश्वरीप्रसाद रिजाल प्रमुख अतिथि थिए ।

कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष तथा काभ्रे २ नं क्षेत्रका सांसद ्रामहरी सुवेदीलगायत जिल्ला नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया