सत्ताको नेतृत्व गर्नेहरू शक्तिका लागि कतिसम्म लाचारी बन्छन भन्ने कुरा २ वर्षका लागि राष्ट्रपतिमा छानिएका व्यक्ति ७ वर्षसम्म बस्दा पनि नपुगेर अझै त्यही बस्न खोज्नु, संविधान बनेपछि १ मिनेट पनि सत्तामा बस्दिनँ भन्नेले पुनः प्रधानमन्त्रीमा उम्मेदवारी दिनु, समयमै मन्त्री छान्न दलहरू असफल हुनु जस्ता कुराले नेताहरू कतिसम्म व्यक्ति केन्द्रित छन् भन्ने स्पष्ट हुन्छ । यहाँ चर्चा गर्न खोजिएको एमालेका बारेमा हो । आजका दिनमा जनताले अलि बढी भरोसा गरेको पार्टी हुनुका नाताले एमालेले आपूmलाई अरूभन्दा फरक र अब्बल दर्जाको सावित गर्न आवश्यक छ । तर, विडम्बना नेताहरूको मन्त्री वन्ने आकांक्षाले जनताको चहानामाथि ठेस पु¥याउने काम हुँदै छ । हुनत राजनीतिलाई नै आफ्नो पेसा बनाएर राजनीति गर्नेहरूले मन्त्रीको आश गर्नु अन्यथा होइन तैपनि मन्त्री केका लागि हुने हो ? विगतमा एकपटक मन्त्री हुन पाएका अधिकांशले ७ पुस्ताका लागि सम्पत्ति जोड्ने अवसर पाए । त्यसैलाई निरन्तरता दिनका लागि हो की ? परिवर्तित समय अनुसार आफ्नो योग्यता अनुसारको क्षमता प्रस्तुत गरेर राम्रो काम गर्नका लागि हो ? विगतदेखि नेताहरूले श्राद्धवाहेक सबै काम गर्नसक्ने जस्तो व्यवहार प्रस्तुत गर्दै आएका छन् । त्यो व्यवहारले व्यक्तिलाई त फाइदा भयो होला तर मुलुक झन्भन्दा झन्पछि गर्दै गएको बारे आत्मसमीक्षा गर्न आवश्यक छ की छैन ? सुन्दै पनि आश्चर्य लाग्ने २०४६ सालदेखि आजसम्म पटकपटक मन्त्री भएकाले अन्तिमपटक भन्दै पुनः दावा गर्ने, कसैले पाए गृह, त्यो नपाए रक्षा, त्यो पनि नपाए कृषि, त्यो पनि नपाए अर्थको भए पनि मन्त्री हुनैपर्ने भनेर दाबी गर्ने ।
पहिलो पटकको संविधानसभा संविधान दिन नसकी विघटन भएपछि भएको दोस्रो संविधानसभाको चुनावपछि सुशील कोइरालाको नेतृत्वमा बनेको सरकारमा नेकपा एमाले पनि सामेल थियो । हुन त २०४६ सालदेखि आजसम्म कहिले सरकारको नेतृत्व ग¥यो भने कहिले आफ्ना सदस्यलाई सरकारमा पठाएर सत्ताको वरिपरि रहेको छ । त्यस्तो खालको अवसर लिने कुरामा अन्य दलहरू पनि पछि छैनन् । आफूलाई प्रजातन्त्रको ठेकदार सम्झने नेकाको पटकपटकको शासन, ठूलो त्याग र वलिदानपछि आमूल परिवर्तनको नारा दिने नेकपा माओवादीको शासन र नेकपा एमाले नेतृत्वको शासनलाई जनताले प्रत्यक्ष मुल्यांकन गर्न पाए । पछिल्लो समय देशले पाएको संविधान एमालेको अडान र एमाओवादीको समर्थनले गर्दा आएको हो भन्ने कुरा घाम जत्तिकै छर्लंग छ । ती ३ शक्तिमध्ये तुलनात्मक रूपमा एमालेले राष्ट्रियता र जनजिविकाको सवालमा स्पष्ट अडान राख्ने भएकाले हुनुपर्छ उसप्रति जनताले ठूलो भरोसा गरेका छन् । जनताको त्यो भावनालाई सिंगो एमाले वृत्तले महसुस गर्न सक्नुपर्छ । जुन कुरामा ऐन मौकामा चुक्ने पनि गरेको छ । त्यो ठूलो कमजोरी हो त्यसलाई समयमा नै सच्याउन आवश्यक छ ।
अहिले सरकारको नेतृत्व नेकपा एमालेले गरेको छ । सरकारको नेतृत्व पाउन जति कठिन छ त्योभन्दा कयौँ गुणा बढी चुनौति शासन सञ्चालन गर्नमा छ भन्ने कुरामा नेताहरू अनभिज्ञ अवश्य छैनन् । शासनसत्ता प्राप्त गर्नु जनताले सदियौँदेखि भोग्दै आएका गरिबी, अशिक्षा, पछौटेपनलाई हटाउँदै समुन्नत समाजको निर्माण गर्ने अवसर हो । त्यसका लागि शासनको नेतृत्व गर्ने व्यक्ति र सरकारमा रहेका मन्त्रीहरूमा व्यक्तिगत लोभलालचा हुनु हुँदैन । कुनै बेला अर्थमन्त्री बनेका सुरेन्द पाण्डे, ऊर्जामन्त्री बनेका गोकर्ण विष्ट मात्र होइन पछिल्लो समय सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लिएका लालबाबु पण्डित त्यसका उदाहरण हुन । जसले व्यक्तिगत चहानालाई कुनै महत्व दिएनन् र सरकार असफल हुँदा पनि व्यक्ति सफल भए । एउटै सरकारमा सामेल भएका मध्ये लालबाबु पण्डितले पार्टी र जनताको इच्छा अनुसार काम गरे र सबैका हाइहाई भए । तर, कमाउ अभियानका साथ काम गर्नेहरू कोही सरकारबाट बद्नामी तरिकाले निकालिए भने कसैले वाध्यात्मक रूपमा राजीनामा दिनुप¥यो । कुनै पनि व्यक्तिले एकपटक मौका पाउदा आफूसँग भएको क्षमता प्रस्तुत गर्ने हो । व्यक्तिले देखाएको क्षमतालाई पार्टीले मुल्यांकन गर्न जान्नु पर्छ । नेतामा रहेको क्षमता पार्टीका लागि वरदान हो । व्यक्तीको क्षमताभन्दा पनि नेतालाई प्रभावमा पारेर मन्त्री बन्न पुगेकाहरू आफू मात्र समाप्त हुँदैनन् तिनले सिंगो पार्टीपंक्ति र शुभेच्छुकलाई समेत बद्नामी बनाउँछन् । कुनै पनि पार्टी वा संघ संगठनको नेतृत्व छान्ने विधि र पक्रिया हुन्छ । जब त्यसलाई लत्याउँदै एउटा व्यक्ति नै पार्टी बन्ने शैली अपनाउन थालिन्छ त्यसपछि नै विकृतिले पराकाष्ठा चुम्न थाल्दछ । सुशील कोइराला नेतृत्वमा पठाएका मन्त्री र तिनको कार्यशैली उदाहरणका लागि काफी छ ।
सत्ताको नेतृत्व गर्नेहरू शक्तिका लागि कतिसम्म लाचारी बन्छन भन्ने कुरा २ वर्षका लागि राष्ट्रपतिमा छानिएका व्यक्ति ७ वर्षसम्म बस्दा पनि नपुगेर अझै त्यही बस्न खोज्नु, संविधान बनेपछि १ मिनेट पनि सत्तामा बस्दिनँ भन्नेले पुनः प्रधानमन्त्रीमा उम्मेदवारी दिनु, समयमै मन्त्री छान्न दलहरू असफल हुनु जस्ता कुराले नेताहरू कतिसम्म व्यक्ति केन्द्रित छन् भन्ने स्पष्ट हुन्छ । यहाँ चर्चा गर्न खोजिएको एमालेका बारेमा हो । आजका दिनमा जनताले अलि बढी भरोसा गरेको पार्टी हुनुका नाताले एमालेले आपूmलाई अरूभन्दा फरक र अब्बल दर्जाको सावित गर्न आवश्यक छ । तर, विडम्बना नेताहरूको मन्त्री वन्ने आकांक्षाले जनताको चहानामाथि ठेस पु¥याउने काम हँुदै छ । हुनत राजनीतिलाई नै आफ्नो पेसा बनाएर राजनीति गर्नेहरूले मन्त्रीको आश गर्नु अन्यथा होइन तैपनि मन्त्री केका लागि हुने हो ? विगतमा एकपटक मन्त्री हुन पाएका अधिकांशले ७ पुस्ताका लागि सम्पत्ति जोड्ने अवसर पाए । त्यसैलाई निरन्तरता दिनका लागि हो की ? परिवर्तित समय अनुसार आफ्नो योग्यता अनुसारको क्षमता प्रस्तुत गरेर राम्रो काम गर्नका लागि हो ? विगतदेखि नेताहरूले श्राद्धवाहेक सबै काम गर्नसक्ने जस्तो व्यवहार प्रस्तुत गर्दै आएका छन् । त्यो व्यवहारले व्यक्तिलाई त फाइदा भयो होला तर मुलुक झन्भन्दा झन्पछि गर्दै गएको बारे आत्मसमीक्षा गर्न आवश्यक छ की छैन ? सुन्दै पनि आश्चर्य लाग्ने २०४६ सालदेखि आजसम्म पटकपटक मन्त्री भएकाले अन्तिमपटक भन्दै पुनः दावा गर्ने, कसैले पाए गृह, त्यो नपाए रक्षा, त्यो पनि नपाए कृषि, त्यो पनि नपाए अर्थको भए पनि मन्त्री हुनैपर्ने भनेर दाबी गर्ने । नेताहरूको यो कस्तो नालायकिपन हो ? आफ्नो क्षमता योग्यता र अनुभवको कुनै ख्याल नगरी जुन मन्त्रालय भए पनि हुने तर मन्त्री बन्नैपर्ने भन्दै लाजै पचाएर इच्छा जाहेर गरेको समाचारहरू पढ्नु पर्दा होइन यी नेता हुँ भन्नेहरूमा कुनै लाज, सरम, विवेक र जिम्मेवारी भन्ने केही हुँदैन भनेर प्रश्न गर्न मन लाग्यो ।
मलाई सम्झना छ कुनै बेला एमाओवादीले वर्षमान पुनलाई अर्थमन्त्री बनाउदा प्राडा सुरेन्द्र केसीले गुरिल्ला युद्धको नेतृत्व गर्ने मान्छे कसरी अर्थमन्त्री हुनसक्छ ? मन्त्री बनाउनै थियो भने गृहमन्त्री बनाएको भए पनि बरु हुन्थ्यो । मन्त्री बन्ने भनेपछि कुनै कुरा ख्याल गर्नु पर्दैन भनी टिप्पणी गरेका थिए । हुन पनि देशको अर्थमन्त्री अर्थका बारेमा जानकारी भएको हुनु पर्दैन ? विषय विज्ञताविना नै मन्त्री बन्न खोज्ने व्यक्ति र बनाउन खोज्ने दुवै कुराले पार्टीलाई कति घाटा हुन्छ भन्न नसकिएला तर ठोकेर भन्न सकिन्छ मुलुक बर्बादको खाडलमा पर्छ । कुरा अर्थमन्त्रालयको मात्र होइन सबै मन्त्रालय उत्तिकै महत्वपूर्ण छन् । त्यस कारण पार्टीले सरकारमा पठाउने व्यक्ति छान्दा विधि र प्रक्रिया पु¥याएर, योग्यता र क्षमताको कदर गर्दै विगतको अनुभव र दक्षताको मूल्यांकन गरी सरकारमा पठाउनु पर्छ । कसैलाई खुसी पार्न र भाग पु¥याउने नाममा सिंगो देशमाथि खेलवाड गर्नु हुँदैन । समय सधै एकनास रहँदैन । मन्त्री हुने बित्तिकै ठूलो मान्छे भइन्छ भन्ने जुन मानसिकता छ त्यो पनि ठीक होइन । दुनियाँमा कुनै पनि मान्छे सर्वज्ञाता हुँदैनन् । त्यसैले अलिकति लोक र समाजको पनि लाज मान्दै आफ्नो योग्यता र क्षमता जे हो त्यसैमा इच्छा जाहेर गर्ने परम्परा बसाउनु प¥यो ।
प्रतिक्रिया