खसीबोकाको कारोबार बढेन

इलाम, २९ असोज । अघिल्ला वर्षहरूमा दसैँको बेला खसीबोकाको कारोबार उच्च रहने गरे पनि अहिले कारोबार घटेको छ । देशको राजनीतिक परिस्थितिका कारण कारोबार घटेको व्यवसायी बताउ“छन् । मासुको रूपमा अत्यधिक प्रयोग हुने खसीको कारोबार विगतका दसैँतिहार आउन डेढ महिना अघिबाटै बढी हुने गरे पनि यसवर्ष भने चाँडबाड आइसक्दा समेत कारोबार घटेको व्यापारीहरूको गुनासो छ ।

बजारमा खसीबोकाको कारोबार घट्दा गाउ“बाट खसिबोका बिक्रीका लागि बजारमा ल्याउने व्यापारीहरूले खरिद गरेको मूल्यभन्दा कममा बिक्री गर्न बाध्य भइराख्नुपरेको बरबोटे–६ का व्यापारी गणेश अधिकारीले बताए । गाउ“मा व्यावसायिक रूपमा कृषकहरू बाख्रा पालनमा लागेकाले उत्पादन भने थपिँदै गएको छ । उत्पादन धेरै भएकाले पनि बजार घट्दै गएको सम्बन्धितहरूको भनाइ छ । ‘घरैपिच्छे खोरभरि खसीबोका भए पनि लगानी र मेहनत अनुसारको मूल्य पाउन सकिएको छैन,’ जमुना इङ्लाका पदम श्रेष्ठले भने, ‘दसैँका बेला खसीबोकाबाट आम्दानी गर्ने योजनामा रहेका कृषक निराश देखिन्छन् ।’

सदरमुकामस्थित बिहीबारे पशु हाटमा हप्तामा १२÷१३ वटासम्म खसिबोका बिक्रीका लागि ल्याउ“दै आए पनि ६ वटासम्म मात्रै मुस्किलले बिक्री हुने गरेको अधिकारीको भनाइ छ । विगतका वर्षमा दसैं आउनुभन्दा १ महिना अघिबाटै झापाका व्यापारीहरू आएर खसीबोका खरिद गर्नेको भीड हुने गरे पनि यसपटक भने नआउ“दा आपूmहरू समस्यामा परेको व्यवसायीको भनाइ छ । राजनीतिक कारणबाट हुने गरेको बन्द, हड्तालले पनि यस व्यवसाय चौपट बनेको उनीहरूको भनाइ छ ।

अन्य समयमा कमै व्यापार हुँदा पनि व्यापारीहरू खासै चिन्तित बनेका थिएनन् । तर, बिक्री हुने मुख्य समयमा नै खसीबोकाको व्यापार घट्दा यतिखेर व्यापारीहरू समस्यामा परेका हुन् । विगतमा यहाँका व्यापारीले खसीबोकाको माग थेग्न नसक्ने अवस्था थियो । अहिले बढ्दो उत्पादन र घट्दो बजारका कारण पनि कृषक र व्यवसायी दुवै अन्योलमा परेका छन् । झापाका व्यपारीहरूले हाटबजारमा नआइकन गाउँगाउँबाटै खसीबोका खरिद गरेर झापातर्फ लान थालेपछि पनि सदरमुकामको पशुहाटमा ल्याएर बिक्री गर्ने गरेकाले पनि स्थानीय व्यापारी समस्यामा परेका हुन् ।

हप्ताको एकदिन बिहीबार लाग्ने सरदमुकामको पशुहाटमा इलाम नगपालिका, देउमाई नगरपालिकासहित जिल्लाका सोयाङ, नामसालिङ, सोयाक, बरबोटे, सिद्धिथुम्का, पा“चथरको घुर्पिसे पञ्चमी, सप्तमीलगायतका स्थानबाट पनि खसीबोका ल्याइने गरेको छ । पशुहाटमा विगत बिहीबार एक लाख रुपैयाँसम्मको कारोबार गर्ने व्यापारीले यतिबेला मुस्किलले ४० देखि ५० हजार रुपैयासम्म मात्र कारोबार गर्दै आएका छन् ।

प्रतिक्रिया