धनकुटा २९ असोज । चाडपर्वलाई लक्षित गर्दै प्रहरीले धनकुटामा सुरक्षा सतर्कता बढाउने भएको छ । दसँै, तिहारलगायत पर्वमा अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्नका लागि जिल्ला प्रहरी कार्यालयले सुरक्षा सतर्कता अपनाउन लागेको हो ।
जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम गरेर चाडपर्वका लागि बढाउन लागिएको सुरक्षा सतर्कताका बारेमा जानकारी दिएको हो । कार्यक्रममा जिल्ला प्रहरी प्रवक्ता बिमल बस्नेतले चाडपर्वको अवधिमा हुनसक्ने संभावित अप्रिय घटनालाई मध्यनगर गर्दै प्रहरीले सक्रियता बढाउन लागेको जानकारी दिए । उनका अनुसार चाडपर्वका बेला बजारमा गस्ती बढाउने, चेकजाँचमा कडाई गर्ने र जुवातास खेल्नेहरूलाई प्रहरीले विषेश निगरानी बढाउनेछ । त्यस्तै सदरमुकामसहित हिले, भेडेटारलगायत आसपासका बजारमा पनि निगरानी बढाइने प्रवक्ता बस्नेतले बताए ।
प्रहरीले चाडपर्वलाई मर्यादित र सभ्य रूपमा मनाउन पनि जिल्लाबासीलाई अपिल गरेको छ । सो अवसरमा प्रहरी र पत्रकारहरूबीच विजयादशमी, दिपावली, छठलगायत पर्वको शुभकामना आदान–प्रदान पनि गरिएको थियो ।
प्रतिक्रिया