नयाँ संविधानमा असहमति जनाएका पूर्वप्रधानमन्त्री बाबुराम भटराईको पाटी र संसद् सदस्यबाटै भएको हठात् बर्हिगमनले जनमानसमा यतिबेला तरंग ल्याएको छ । राजनीतिमा विद्वान् र योजनाविद् मानिएका डा’साबको अचानक राजीनामा किन आयो भन्ने विषयले एमाओवादी पाटी मात्रै होइन, आमजनतालाई आश्र्चय तुल्याएको छ । तर जे जस्ता कारणले उनले पाटी र संसद्बाट राजीनामा दिए पनि यो उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो गल्ती हो । उनलाई आशा र भरोसाको केन्द्र मान्ने आममानिसको बुझाइ त्यही नै छ । किनभने नेपालमा हालैका वर्षहरूमा भएका राजनीतिक र संवैधानिक परिवर्तनहरू लोकतन्त्र, गणतन्त्र, संघीय संविधान, धर्मनिरपेक्ष राज्य, समावेशीता लगायत मुद्दाका एक मुख्य हिस्सेदार बाबुराम हुन् । जुन कुरा उनैले दाबी गर्दै आएका पनि छन् ।
उनले प्रचण्ड नेत्रित्वको तत्कालिन माओवादीमा ०४८ सालदेखि नै संविधानसाभाको मुद्दा उठाएका हुन । ०६० सालपछी मााओवादीले उनकै मुद्धालाई सही ठानेर अघाडी बढ्यो । ०६२–०६३ जनआन्दोलन पूर्व भटराइ लगायतले नै उठाएका मुद्धा र कोरेका १२ बुँदे सहमतिको जगमा आज नेपाली जनताले आफैँँले संघीय संविधान बनाएका छन । त्यो पनि ९१ प्रतिशत संविधानसभा सदस्यहरूको भारी उपस्थिति र बहुमतमा संविधान जारी भएको छ । जुन संविधानसभाको संवैधानिक संवाद समितिको सभापती भएर डा भटराइहरूले नै अथक मिहिनत साथ विवादीत विषयहरू सुल्ट्याएका हुन । संविधानमा उनले हस्ताक्षर गरेका छन । तर घोषणा हुने दिनमै उनले संविधानप्रति असन्तुष्टि जनाउँदै गिँलास आधा मात्र भरिएकाले हर्षोलास गर्ने बेला नआएको बताएका थिए । त्यतिमात्र होइन, संविधानको खुसीयालीमा भोलिपल्ट सरकारी तबरमा सैनिक मञ्चमा गरिएको खुसीयाली सभा पनि उनले बहिष्कारै गरे । साराले संविधानको खुसीयाली मनाइरहँदा उनले भने नागरीक अगुवाहरूसँग भेला गरे । संविधानको विरोध नै थाले । मधेशीका नाजायज मागमा वकालत गरे । पंक्तिकारलाई सम्झना छ कि डा. सापले केही महिनाअघि मात्र जमलको नाचघरमा भएको एक कार्यक्रममा आफनो पाटी चुनावमा सानो भएकोले सबै एजेण्डा सम्बोधन हुन नसकेको बताएका थिए । भनेका थिए बुद्धिमानले आपूmले खोजेको पूरै पाउन नसक्ने अवस्था आए आधा भए पनि स्वीकार गर्नुपर्छ । वास्तम्बमा उनको सो भनाइ सही थियो । तर अहिले आएर त्यही भनाइ उनले व्यवहारमा देखाउन सकेनन् । माओवादीले भनेजस्तो धेरै वटा प्रदेश नभएपनि, कार्यकारी मोडलको राष्ट्रपतीय व्यवस्था नभए पनि नयाँ संविधानमा समानुपातिक र समावेशीताका बढो आकर्षक व्यवस्था जुन माओवादीले नै उठाएका थिए । त्यो प्राप्त भएका छन । विगतमा पछि परेका मधेशी, दलित, मुसलमान र जनजातीहरूलाई अघाडी ल्याउन संविधानमै संवैधानिक रूपमा आयोग बनाउने व्यवस्था भएको छ । यो पनि एउटा हक अधिकारबाट वञ्चित भएकाहरूका लागि राम्रो पहलकदमी हो ।
संविधान जारी हुनेतिर सम्पूर्ण दलहरू अघि बढिरहँदा डा भटराइले केही दिन प्रक्रिया रोकेरै भएपनि असन्तुष्ट थारु, मधेशीहरूसँग बार्ता गर्नु पर्ने बताएका थिए । उनको त्यो प्रस्ताव पनि नजाएज थिएनन । तर जव उनले अव थारु र मधेशी समुदायले देश बाल्छन् । देश अव २ दिन भित्रै अखण्ड रहने वा नरहने निर्णयमा पुग्छ भन्ने आशयका घुमाउरा तर बढो उत्र्सिङखल अभिब्यक्ति दिए । त्यसले पनि आन्दोलनरत पक्षलाई ढाडस प्रदान ग¥यो । विद्धवान बाबुरामले आप्mनो आर्दश र विद्वताको त्यसरी दुरूपयोग गरे । फलत त त्यतिखेरै सामाजिक सञ्जालहरूमा उनका समर्थकहरू नै उनको अभिव्यक्तिको विरोधमा उत्रिए । वर्षै वर्ष लाएर चुलिएको उनीप्रतिको जनविश्वास तुहियो ।
सबैलाई जगजायर छ, हामी नेपालीहरू पूर्खाले अपूर्व रगत र पसिना बगाएर जोगाइ दिएको यो पबित्र हिमाली भुमीमा स्वाभिमान साथ बस्छौ । स्वाभिमान हाम्रा पूर्खाले हामीलाई सिकाएर गएको सबैभन्दा महङगो शिक्षा हो । जुन कुरा डा बाबुराम भटराइ जस्तो देश दुनियाँ बुझेको र इतिहास खोतलेका नेतालाई हामीलाई भन्दा धेरै थाहा छ । तर मधेशीहरूको नजायज मागमा डा बाबुरामले वकालत गर्नु त्यो उनको दृष्टिभ्रम हो । आजकाल मोबाइल, कम्प्युटर र पत्रपत्रिका धेरै हेर्दा र खानपानमा सागपातको कमी भए दृष्टिभ्रम हुनसक्छ । चस्माले काम नर्गन पनि सक्छ । डा भटराइको चस्माले पनि यसपटक सत्य के खुट्याउन सकेन । त्यसैकारण उनले अखण्ड नेपाललाई अहित हुने कुरा गरे । भारतीयको ७ बुदे नाजायज दबाबलाइ सहयोग मिल्नेगरी पाटी र संसद्बाट समेत पद त्याग गरेर अस्थीरता र विदेशी चलखेललाई सहयोग पु¥याइदिए ।
आफना विचारमा ज्यादै अडिग रहने, आफैँँलाई मात्रै सत्य ठान्ने र आफनो पढाइको विषयलाई लिएर बच्चा जस्तै बारम्बार घमन्ड गरिरहने डा सापले आफना पूर्व घोषित धारणालाई सही पुष्टी गर्न समेत परित्यागको निर्णय गरेका हुनसक्छन् । तर पंक्तिकार डा सापको सुभचिन्तक भएको नाताले के भन्दछ भने यदि उनी साँच्चै विद्धवान हुन् भने उनले पाटी र संसद् सदस्य परित्यागको निर्णय सच्याउन सक्नुपर्छ । सार्वभौम राष्टलाई भारतीय नाकाबन्दी र दबाबले सिर्जना गरिरहेको दुःखमा साथ दिन सक्नुपर्छ । अन्यथा जनयुद्ध, जनआन्दोलनका हजारौ सहीद र सहीद परिवारका आशुले उनलाई पिरोल्छ । किनकि ती सहिदहरूको बलिदानी र देह त्याग यस्तै भाँडभैलो वा अस्थिरताका लागि पक्कै भएको थिएन । अझ भनौँ अर्थमन्त्री र प्रधानमन्त्री बन्नका लागि मात्रै थिएन ।
साँच्चै भन्ने हो भने डा बाबुराम भटराइ पछिल्लो अवधिमा अस्थीर र तरङगीत भएका हुन । एउटा राजनेता हुनसक्ने हैसियत राख्ने डा सापले फेसवुक पेजहरूमा अनावश्यक टिप्पणीहरू गर्ने र लाइक अनि प्रतिकृयाहरू गन्र्नेतर्फ जसरी लागे त्यो सही थिएन । प्रविधिलाई सही रूपमा उपयोग गर्न सक्नुपथ्र्यो त्यो उनले गरेनन् । फगत सेलिबे्रटीपन उनले देखाए । तर राजनीति गर्नेहरूले समाज र राष्टको सेवा गर्ने हो । फगत प्रसंसै प्रसंसा बटुल्ने त हुदै होइन । वास्तम्बमा भन्ने हो भने बाबुराम कत्तिपनि आलोचना सहन नसक्ने र सबै आफना सर्मथक एवं पिच्छलग्गु मात्र भएको हेर्न चाहने मानिस हुन । तर पछिल्ला दिनहरूमा उनका केही ब्लन्डर भुलहरूले जताततै विरोधै विरोधले पनि उनले आखाँ देख्न नसकेका हुन् । जसले यस परिणाम निम्त्याएको छ । तर पनि उनी राजनीतिक मान्छे हुन । त्यसकारण अव पढेर र लेखेर बाँकी जिवन विताउँछु भन्नु उनका लागि मात्रै होइन सिङ्गो राष्ट्रकै लागि घाटा हो । किनकि उनले विगतमा सरकारमा रहेर काठमाडौंका सडक फराकिलो पार्ने, राजस्व नउठ्ने प्रवृत्ति उल्टाउने र राष्ट्रिय गौरवका आयोजना पहिचान गरेर अघि बढाउने केही महत्वकाक्षी कामहरू गरेरै देखाएका छन । जसको मुक्क्तकण्ठले प्रशंसा गर्न सकिन्छ । त्यसकारण उनले पुरानै घरमा फर्कन जरुरी छ । के बुढो बाबु मर्न थाले अथवा जवान रहेनन् कमाएर ल्याएनन् भने छोडेर हिँड्ने ? यो कसरी सुहाउँछ । पुरानो घरले बाबुरामलाई हुर्कायो बढायो र आज त्यही घरलाई लात हानेर हिँड्न कसरी सुहाउँछ । त्यो पनि एक्लै ? परिवारजनको विचल्ली हुन्छ की हुदैन ? बरु त्यही ठाउँमा परिवारजनसँगै सरसल्लाह गरेर नयाँ घर मिलेरै बनाउन पनि त सकिन्छ ।
यसरी विश्वाघात गरेर, सहिद र सार्वभौम जनताको अपेक्षामा तिलाञ्जली दिएर घरमुली नै आवाराझैँ हिँड्नु कसरी न्यायोचित होला ? फेरि बाबुरामले जे जसरी नयाँ शक्तिको कुराहरू बाहिर ल्याएका छन् । त्यो सपना पूरा नहुने निश्चित छ । किनकि दशकौँ लाएर आफैँले स्थापित गरेको पाटीमा त अरूलाई रिझाउन र अरूको कुरा नसुन्ने डा सापले नयाँ शक्ति बनाएर हाक्न अवश्य सक्दैनन । फेरि अहिले त्यस्तो नयाँ शक्ति वा पाटीको जरुरी पनि त छैन । किनकी चाहँदामा भएकै पाटीले आवश्यक नीति कार्यक्रम ल्याएर विकास गर्न, जनताको सेवा गर्न अवश्य सक्छ । फेरि पाटी भनेको अवसरवादीहरूको झुण्ड पनि त होइन । पाटी र राजनीति भनेको त्याग हो । जुन विपि, गणेशमान, कृष्णप्रसाद, प्रचण्डहरू र उनी आफैँबाट आफैँले अनुभव गर्नुपर्छ । त्यसकारण वावुरामले नयाँ शक्ति बनाए अवसरवादीहरू भिड लाग्ने हुन् जो अवसरका लागि अहोरात्र लागि पर्दछन । तर राजनीति अवसरवाद होइन त्यो त त्याग हो । एमाओवादी पनि त्याग र वलिदानबाटै बनेको हो । त्यसकारण बाबुरामले पुरानो घर फर्कनुपर्छ । नेपाली जनताले बनाएको सार्वभौम संविधानको प्रसंसा गर्दै विदेशी हस्तक्षेपविरुद्ध लड्न तयार हुनुपर्छ । तरंगित हुनु हुँदैन ।
प्रतिक्रिया