रत्ननगर अस्पतालको सेवा सोलारबाट

Energy Wise Group Solar Power Installationsचितवन, २७ असोज । चितवन जिल्लामा नियमित विद्युत् अभावमा कतिपय उद्योग धरासायी छन् भने ठूला अस्पताल बाहेकका अस्पताल तथा स्वास्थ्य संस्था प्रभावित हुँदै आएका छन् ।

कतिपय स्वास्थ्य संस्थामा विभिन्न परीक्षणका लागि मेसिन चलाउन बिजुली कुर्नुपर्ने बाध्यता छ । चिसोमा राख्नुपर्ने सामग्री सुरक्षित राख्न सकिएको छैन । तर चितवन रत्ननगरको एक अस्पतालमा भने विद्युत् कहिले आउला भनेर कुरिरहनुपर्ने छैन ।

चितवनको रत्ननगर अस्पतालमा भने सौर्य ऊर्जाबाट सबै काम हुन्छ । ‘शान्ति मेड’ नेपालको सहयोगमा रत्ननगर अस्पतालमा सोलार प्यानल जोडेपछि विद्युत् कुरिरहनु नपर्ने भएको अस्पताल सञ्चालक समितिका सदस्य देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

रत्ननगर अस्पतालमा शान्ति मेडको पहलमा करिब ६५ लाख रुपैयाँ र नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३५ लाख रुपैयाँ गरी एक करोड रुपैयाँको लागतमा सोलार जोडिएको छ जसले गर्दा यहाँका ठूला मेसिन चलाउनसमेत सहज छ, कुनै समस्या छैन ।

सोलार जडान गरिएपछि अस्पतालको सेवासमेत प्रभावकारी भइरहेको अस्पतालका कर्मचारीहरू बताउँछन् । शान्ति मेड नेपालकी अध्यक्ष तथा सोही अस्पतालमा स्वयम्सेवा गर्दै आएकी छालारोग विशेषज्ञ डा रुथ गोन्सेथले आगामी दिनमा पनि अस्पताललाई सहयोग गर्ने बताए ।

उक्त अस्पतालमा शान्ति मेडकै पहलमा यहाँ मिर्गौलाको डायलाइसिस मेसिन तथा दर्जन सुविधायुक्त शय्यासमेत सञ्चालनमा ल्याइएको गोन्सेथले बताए ।
यसअघि रत्ननगरकै पिठुवा र चैनपुरको स्वास्थ्य संस्थामा तथा गुञ्जमानसिंह अस्पतालमा समेत सोलार प्यानल जोडिसकिएको उनले बताए । यी तीनवटा संस्थामा करिब ८० लाख रुपैयाँ लगानी भएको बताइएको छ ।
यस्तै, बर्दियाको कमैया गाउँका १ सय ७० घरधुरीमा समेत सोलार उपलब्ध गराएको डा. गोन्सेथले बताए ।

रत्ननगर अस्पतालमा अहिले दैनिक करिब २०० बिरामीले सेवा लिने गरेका छन् । पूर्वी चितवनका अधिकांश बिरामीका लागि सेवा पाउने यो एक मात्रै
अस्पताल हो ।

प्रतिक्रिया