महोत्तरी, २७ असोज ।
तोहरे भरोसे ब्र्रह्मबाबा भिझिया बनौली नाँ
ब्रह्मबाबा होइयो ना सवार, सडक प झिझिया खेल ऐली नाँ……….
दसँैको आगमन भएसँगै प्रायः रातिको समयमा यस्तै गीतहरू गाउँदै एवम् नृत्य गर्दै मैथिली एवम् थारु समुदायको युवती टाउँकोमा माटो भाँडा लिई रातभरि नै झिझिया मनाउँदै आएका छन् ।
प्रत्येक वर्ष दसँैको सुरुवात भएसँगै यस्ता गीतहरू महोत्तरीलगायत तराईका मैथिली एवम् थारुको बाहुल्यता रहेको बस्तीमा यस्ता गीतहरू गुन्जिदै आएको छ ।
लोकसंस्कृतिमा आधारित सो नृत्यले अहिले महोत्तरीलगायत तराई क्षेत्रमा धुम मचाएका छन् । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म रातिको समयमा घरघरमा युवतीले नृत्य गरिँदै खेलिँदै झिझिया अहिले तराई क्षेत्रमा धुमधामसँग मनाउँदैछ । रातिको समयमा घरघरमा गई खेल्दै आएको झिझिया आजकल साँझको समयको रौनक भएको छ । अनेकौँ दुलो भएको माटोको भाँडामा दीप प्रज्वलन गरी युवतीले टाउकोमा राखी विभिन्न किसिमको गीतहरू गाएर नृत्य गर्दै झिझिया मनाइने गर्दछ ।
चल चल गे डैनिया कदम त,
तौरा बेटाके खेवौ ब्रह्म तँ……..
दसँैको समयमा बोक्सीले घरपरिवारमा टुनामुना लगाउन सक्ने भन्दै उनीहरूलाई गाली बेइज्जती गर्दै यो पर्व मनाउँदै आएको छ । दसँै अवधिमा प्रत्येक रातिको समयमा महिला एवम् युवतीले गाउँमा विभिन्न किसिमको नृत्य गर्दै ब्रह्मस्थान (डिहबार बाबा) को मन्दिरमा गई यो लोकनृत्य समापन गर्ने गरिएको पाइन्छ ।
विगत केही महिनायतादेखि तराई क्षेत्रमा जारी रहेको आन्दोलनको कारण यस वर्षमा भने झिझिया मनाउनमा कठिनाइ भएको महोत्तरी भरतपुरका सुनिता महतोको भनाइ रहेको छ । तराई क्षेत्रमा रहेको अशान्तको समयमा केही पनि हुनसक्ने डरले आफूहरू डर मानीमानी यसमा सक्रिय हुँदै आएको महतोले बताइन ।
खुसी र रमाइलो गरी मनाइने यस्ता पर्वको समयमा आन्दोलनलाई साम्य पार्नुपर्ने उनीहरूको माग
रहेको छ ।
प्रतिक्रिया