‘बागमती’ २४ पुसबाट

bagmati-new-look-keki-adhikari-1 copyकाठमाडौं, २५ असोज । नेपाली कथानक चलचित्र ‘बागमती’को प्रदर्शन पौष २४ गतेलाई तोकिएको छ । ट्रि इन्टरटेन्मेटको ब्यानरमा निर्माण भएको उक्त चलचित्रका निर्देशकले आफ्नो आधिकारिक फेसबुकमार्फत यस्तो ताकेका हुन् ।
बागमतीका निर्देशक तथा साउथ इन्डियन निर्देशक सन्नी केरलाले आफ्नो आधिकारी फेसबुकमार्फत चलचित्रको प्रदर्शन मिति पौष २४ गतेलाई पक्का गरेका उल्लेख गरेका छन् ।

नायिका केकी अधिकारीलाई केन्द्रमा राखिएको पोस्टर सार्वजनिक गर्दै निर्देशक केरलाले अब चलचित्र ‘बागमती’ बलीउडका २ चलचित्र ‘बाजिराव मस्तानी’ र ‘दिलवाले’सँग लड्ने पनि जानकारी दिएका छन् । चलचित्रमा कञ्चन ठकुरी, राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दीपा मगर आदी कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्र बागमतीको कथा तथा शब्द विजय सत्याल तथा विम्भ अधिकारीको रहेको छ । चलचित्रमा राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन, संगीत यस राम, ज्योती घिमिरे र श्याम महर्जनको रहेको छ । यसोधा राई, सुवर्ण महर्जन, अन्जना भारती सत्याल, सरस्वती दर्शनधारी र आयुषा दर्शनधारीद्वारा निर्मित ‘बागमती’ अन्तराष्ट्रिय स्तरको गुणस्तरीय चलचित्र बनेको चलचित्र युनिटको दाबी छ ।

प्रतिक्रिया