धनकुटा २५ असोज । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल–भारत सिमामा देखिएको समस्या चाँडै समाधान हुने दावी गरेका छन् । एमाले धनकुटाले गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि धनकुटा आएका भट्टराईले सोमवार प्रेस चौतारीले धनकुटामा गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
ओली प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिई भ्रमणको निम्तोसमेत दिएकाले भारतसँगको सम्बन्ध पुनः सुमधुर भई नाकाबन्दी चाडै खुल्ने भट्टराईको दावी थियो । काग्रेसले बेइमानी गरे पनि धेरै दलको साथमा नयाँ सरकार बनेकाले अव सरकाले जनताका समस्यालाई समाधान गदै अघि बढ्ने उनले बताए ।
भारतको मात्र भर पर्दा अहिले समस्या निम्तिएको भन्दै उनले अव उत्तरी सवै नाका खोलेर चिनसँग पनि ब्यापार सम्झौता गरेर नयाँ सरकार अघि बढ्ने सचिव भट्टराईको भनाइ थियो ।
प्रतिक्रिया