काभ्रे, २१ असोज । बजार अनुगमन नहुँदा बस्तुको तौल र सेवा सुविधा र क्वालीटीमा त दैनिक ठगी गरी नै रहेका छन् त्यसमाथि नजिकिँदो चाडवाडमा भने उपभोक्तलाई मूल्यमा समेत ठगी गर्न थालेका छन् ।
बनेपाको फुटपाथमा र बनेपाको बजारहरूमा चाडबाडको मौका छोप्दै मूल्यमा समेत ठगी गर्दै आईरहेको पाईएको छ । भारतको अघोषित नाकाबन्दीको असर देखाँउँदै बनेपाको पसलहरूमा दैनिक उपभोग्य सामानहरू ,ग्याँस ९ हजार तिन सय , चामल साधारण प्रति बोरा एक हजार सात सय ४५ ,दाल प्रति किलो मासको एक सय ६५, तेल तोरीको प्रतिलिटर एक सय ८५ सम्म लिने गरेका छन् । पाँचखालको रानीपानी– ४ बस्दै आएका विश्वनाथ सापकोटाले दशैँको लागि ल्याएको१३ हजार खर्च सामान्य किनमेलमै सकिएपछि बनेपाको बजारमा ठगिको रहस्य खुलेको हो ।
यता जिल्ला प्रसासन कार्यालय काभ्रेमा सिडिओ नहुँदा नियमीत अनुगमनमा समस्या देखिएको छ । निमित्त सिडिओलाई भ्याई नभ्याई भएपछि यस्तो कुरामा खासै अनुगमन नराख्दा सर्वसाधारण, उपभोक्ता ठगीमा परेका छन् । काभ्रे उद्योग बाणिज्य संघले तोकेको मूल्य भन्दा २५ प्रतिशत बृद्धी हुँदा पनि भारतबाट सामान नआएको भन्दै व्यवसायीले आफुखुसी सामानको मुल्य तोकेर बेची रहेका छन् ।
यस्तै प्रेट्रोलियम पदार्थको सहज आपुर्ति हुन नसकेपछि काभ्रेको सम्पूर्ण होटलहरू बन्द हुने अवस्थामा पुगेका छन् । सर्वसाधारणहरू गाउँ फर्कन थालेका छन् । भने नजिकिदै गरेको चाड विजयादशमीमा ब्यापार व्यवसाय गर्ने योजना बनाएका ब्यवसायीहरूले मनपरी गर्न थालेपछि सर्वसाधारण झन मर्कामा परिरहेका छन् । राजधानी काठमाण्डौसँग नजिक रहेको काभ्रेपलाञ्चोक जिल्ला हरेक कुराले सुविधासम्पन्न मानिदै आए पनि व्यवसायीमाथि अनुगमन नहुँदा भने सर्वसाधारण ठगीमा पर्ने गरेका छन् ।
प्रतिक्रिया