निकासा नपाउँदा बैंकमा भिडभाड

bank_pachtharपाँचथर, २५ असोज । जिल्ला शिक्षा कार्यालय पाँचथरमा ३, ४ दिन यता शिक्षकहरूको घुइँचो बढेको छ । जिल्लाभरका शिक्षक एकै पटक कार्यालयमा भेला हुँदा कार्यालयको नियमित काम समेत प्रभाबित भएको छ ।

भदौ मसान्त भित्रमा माग फारम पु¥याइसक्नु पर्नेमा जिल्लाका कतिपय विद्यालयले तोकिएको समयमा फारम बुझाउन नसक्दा तलव निकासामा समस्या भएको छ । दसैँ बिदा सुरु हुनै लाग्दा हतारहतार जिल्ला शिक्षा कार्यालयमा माग फारम बुझाउने क्रम बढेको छ । बेला रहुन्जेल चुपचाप रहने विद्यालय अन्तिम समयमा आएर सक्रिय हुँदा कार्यालयमा भिडभाड बढेको हो ।

फिदिममा रहेको नेपाल बैंक लिमिटेडमा पनि शिक्षकहरूको उपस्थितिले नियमित काम प्रभाबित भएको छ । सोमबार बिहानबाट लाईन बसेका शिक्षकले दिनभरमा मात्रै भुक्तानी पाएका छन ।

सूचना समयमा गर्दा पनि विद्यालयले माग फारम ढिलो गरी ल्याउँदा निकासामा ढिलाई भएको हो । विद्यालयले फारम नै ढिलो पठाउँदा जिल्ला जिल्ला शिक्षा कार्यालयले ढिलो गरी निकासाको लागि प्रकृया सुरु गरेको थियो ।

सवै विद्यालयले माग फारम पेस नगरेको भन्दै शिक्षा कार्यालयले शिक्षक र विद्यालयका कर्मचारीको निकासा पठाउन ढिलाई गरेको थियो । कार्यालयको ढिलाइसँगै विद्यालय प्रभाबित भएका छन । बिषेश गरेर टाढा घर भएका शिक्षक र कर्मचारीहरूलाई समस्या भएको हो ।

कार्यालयले भदौ मसान्तभित्रै माग फारम ल्याउन शिक्षकहरूलाई सुचना गरे पनि आउन ढिलाइ गर्दा निकासामा ढिलाई भएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले जानकारी दिए ।

कार्यालयको लेखा प्रणाली सप्टवेयर मार्फत सञ्चालन हुने भएकाले एकै पटक भुक्तानी पठाउनु पर्ने वाध्यता रहेको उनको भनाई छ । केही विद्यालयले माग फारम नल्याए पनि सबै विद्यालयको निकासा रोकेर कार्यालयले आफुहरूलाई अन्याय गरेको शिक्षकले गुनासो गरेका छन ।

उत्तरी पाँचथरको सिदिनस्थित थोकपन निमाबिका शिक्षक जसबहादुर राईले एउटा विद्यालयका कारण सबैलाई असर परेको बताए ।

जिल्ला शिक्षा कार्यालयले भुक्तानीका लागि दिने अनुमति पर्खिएर एक सातासम्म सदरमुकाममा बसेका शिक्षकहरू सोमबार बिहानबाट फिदिमस्थित नेपाल बैंक लिमिटेडमा लाईन बसेका हुन । वैंकले विहान १० बजेदेखि भुक्तानी थालेको ४ घण्टा वितिसक्दा पनि पालो नआएको सत्यहाङमा उच्च मावि इम्वुङका शिक्षक महेन्द्र नेम्वाङले बताए ।

नेपाल वैंक लिमिटेड फिदिम शाखाका खजाञ्चि हरि दाहालले शिक्षा कार्यालयलाई समयमैै निकासा पठाउन अनुरोध गरिए पनि अन्तिम समयमा मात्र पत्र पठाँउदा समस्या भएको बताए ।

शिक्षा कार्यालयको ढिलासुस्तीले विगत वर्षका दसैँमा पनि यस्तै समस्या भएको उनको अनुभव छ ।

प्रतिक्रिया