काठमाडौं, २५ असोज । अक्टोबार १२ विश्व बाथ रोग दिवस । नेपालमा पनि विश्व बाथरोग दिवसको अवसरमा अवसर ‘तिम्रो हातमा छ, कार्यान्वयन गर’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसैक्रममा भक्तपुर जेसिस, नेपाल बाथरोग मैत्री समाज र गोसाईंकुण्ड स्वास्थ्य केन्द्र ( बाथरोग सेन्टर) को संयुक्त आयोजनामा सोमबार भक्तपुर दरबार क्षेत्रबाट जनचेतना ¥याली निकालिएको छ । ¥यालीले भक्तपुर एरिया परिक्रममा गरी पर्चा तथा पम्प्लेट वितरण गरी कोणसभा समेत सम्पन्न गरेको छ ।
पछिल्लो समय नेपालमा बाथरोगीहरूको सङख्या उल्लेख्य रूपमा बढदै गएको र यसको आवश्यक उपचार हुन नसकेको कार्यmत्रममा प्रमुख अतिथि एवं नेपाल बाथ रोग मैत्री समाजका अध्यक्षले बताए । गोसाइकुण्ड स्वास्थ्य केन्द्रमा कार्यरत डा दिपा शाह अनुसार नेपालमा जनसङख्याको १५ देखि २० प्रतिशत मानिसहरू बाथरोगबाट संक्रमित रहेका छन् । कार्यक्रममा नेपालमा बाथ रोगका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, समाजसेवी, उधमी, विधार्थी लगायतको सहभागिता थियो ।
आम जनमानसमा बाथरोगबारे चेतना फैलाउनका लागि विश्वभर अक्टोबर १२ तारिखको दिनलाई विश्व बाथ रोग दिवसको रूपमा मनाउने गरिएको छ । यस बर्ष पनि त्यसैको निरन्तरता भएको गोसाइकुण्ड बाथ रोग सेन्टरका सञ्चालन जहेन्द्र न्यौपानेले बताए ।
प्रतिक्रिया