मालाको ‘झकास झापाली’

mala-limbu-jhakas-jhapaliकाठमाडौं, २४ असोज । नेपाली कमेडी चलचित्र ‘रातो घर’मा समावेश गरिएको कमेडी गीत ‘झकास झापाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘कालो काम गर्नेको सेतो कथा’ भन्ने मूल नारा लिएर बनेको उक्त चलचित्र गीतमा शशि रावलको आवाज रहेको छ भने महेश खड्काको शब्द तथा संगीत रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा माला लिम्बूको आर्कषक नृत्य देख्न सकिन्छ । तिहारपछि युएसमा प्रदर्शन गरिन लागिएको चलचित्र ‘रातो घर’ विल्सन विक्रम राई, सयंम पुरी, गौरव पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुँवर, भानु प्रताप, उपशना नेम्वाङ, श्याम राईलगायतका कलाकारहरूले अभिनय गरेका छन् । चलचित्रमा सुरज सुब्बा नाल्बोको पटकथा र निर्देशन रहेको छ ।

निकेश लिम्बूको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा महेश खडका र डम्बर नेपालीको संगीत रहेको छ । सुरज सुब्बा नाल्बो र विल्सन विक्रम राईको लगानीमा यो चलचित्र निर्माण भएको हो । यस चलचित्रलाई मेन्छा रुम्दालीले लेखेका छन् ।

प्रतिक्रिया