मधेसी मोर्चाद्वारा सिमेन्ट कब्जा

महोत्तरी, २४ असोज । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको गौशालाबाट एक सय ५० बोरा सिमेन्ट कब्जामा लिएका छन् ।

मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडतालको समयमा गाउँको बाटो हुँदै सिमेन्ट ल्याउँदै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताले आइतवार बिहान गौशाला नगरपालिका–९ स्थित निगौल चोकबाट नियन्त्रणमा लिएका हुन् ।

तराई मधेस सद्भावना पार्टीकी केन्द्रीय कोषाध्यक्ष नीलम अधिकारीको नेतृत्वमा गएको मोर्चाका दर्जनौँ कार्यकर्ताले बर्दिवासबाट गौशालास्थित जल्पा आइरन स्टोर्सका लागि ट्र्याक्टरमा ल्याइँदै गरेको सिमेन्ट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको सिमेन्टलाई स्थानीय दुर्गा मन्दिरमा राखिएको र ट्र्याक्टरलाई भने छाडिएको कोषाध्यक्ष अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया