पाँचथर, २३ असोज । युवासंघ नपाल पाँचथर जिल्ला कमिटिले भारतले गरेको नाकाबन्दीको विरुद्धमा हस्ताक्षर संकलन गरेको छ । शनिवार फिदिम नगरपालिका गणतन्त्रचोकमा युवाहरुले सेतो ब्यानरमा बिभिन्न नाराहरु लेखी अभियान सुरु गरेका हुन । ब्यानरमा भारतीय हस्तक्षेपको विरोध गरौ, राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, भारतीय हस्ताक्षेपको विरुद्घ हस्ताक्षर अभियान, यूवासंघ नेपाल, भन्ने ब्यानरमा उल्लेख छ ।
केन्द्रिय कार्यक्रम भएको र सर्कुलर अनुसार पाँचथरमा हस्ताक्षर संकनलमा जुटेको युवासंघका जिल्ला अध्यक्ष बाबा मेन्याङबोले बताइन । मेन्याङका अनूसार दुई घण्टाको समयमा पाँच सयले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरिएको ब्यानर असोज २४ गते सिडिओ पुरुषोत्तम घिमिरेमार्फत कामाण्डौ पठाइने युवासंघले जनाएको छ । हस्ताक्षर संकलनमा प्रगतिशिल कालाकार, साहित्यकार, सिल्पकार, चलचित्रकर्मी, शिक्षक, कर्मचारी, ब्यापारी, र सर्वसाधरणको उपस्थिति रहेको छ ।
प्रतिक्रिया