सुखद भविश्यको परिकल्पना

वर्षको सुरुमा गएको महाभूकम्पका कारण नेपालीको जनजीवन क्षतविक्षत भयो । हजारौंले ज्यान गुमाए । थुप्रैले आफन्त गुमाए । यसै वर्षको मध्यमा नया“ संविधान बनेको खुसियाली मनाउन नपाउ“दै नेपालीको जनजीवन फेरि प्रभावित भएको छ । पेट्रोलियम पदार्थको अभावका कारण आम नेपालीको जनजीवन कठिन बन्दै गएको छ । सायद, यो कठिनाइ कहिले समाप्त हुन्छ धेरैले अनुमान गर्न सकेका छैनन् । आशा गरा“ै, यो अवस्थाको अन्त्य केही दिनमै हुनेछ । यी दुवै घटना जत्ति पीडादायी भए पनि यसका केही सकरात्मक पाटा पनि देखिएका छन् । १२ वैशाख र हालको कठिन अवस्थापछि नेपालीमा एकखाले सकरात्मक भावना पलाएको छ ।

सहयोगी बनेका छन् । आपसी वैरभाव हट्दै मान्छेमा मानवीय सम्वेदना पलाउन थालेको छ । प्रायः व्यक्ति सहयोगी स्वभाबका बनेका छन् ।  अहिले देशको तरल राजनीतिमा धेरैखाले बहस सुरु भएका छन् । यसैखाले बहसमा सामान्य व्यक्ति पनि व्यस्त हुन थालेका छन् । वैकल्पिक ऊर्जा र ऊर्जा किफयातिका उपायबारे बहस सुरु भएका छन् । यो कठिन दैनन्दीनीस“गै विगतमा हचुवाको भरमा ऊर्जा खेर फालेकोमा व्यक्ति पछुताउन थालेका छन् । निश्चत रूपमा हामी एकखाले समस्यामा परेका छौ“ । एकातिर गरिबीका कारण दैनिक कार्य सञ्चालनमा समस्या भोगेका नेपालीका लागि हालको अवस्था अझ कठिन बनेको छ । आम नेपाली सा“च्चै पीडामा छन् । थुप्रै उद्योग धारासायी बनेका छन् । यसको पहिलो असर स्वाभाविक रूपमा आम व्यक्तिमा नै पर्ने हो । वर्तमान अवस्थामा वैदेशिक कारण देखिइए पनि आत्मनिर्भर हुन प्रयास नगुर्न, वैकल्पिक उपायको खोजी नगर्नु र राज्य सञ्चाल गर्नेले हुन सक्ने प्रतिकूल अवस्थाबारे ध्यान दिन नसक्नु त समस्याका थप कारण ह“ुदै हुन् । दसैं र तिहारको संघारमा रहेको यो अन्योलताले थुप्रै पिरोलिएका छन् ।

तर, आशा गर्न  सकिन्छ वर्षका यी कठिन दुई घटनाले आएको चेतनाको विकास सहज अवस्थामा पनि कायम रहे हाम्रा लागि निकै लामो फड्को मार्ने सम्भावना पनि नरहेको होइन । अहिले देखिएको मानवीय सम्वेदना सबैमा सधै“ कायम रहोस् । वैकल्पिक ऊर्जाको सोच अघि बढोस् । राज्यको शासन व्यवस्थित होस् । हामी नेपाली शान्तिपूर्ण र सहज जीवनयापनका लागि नै वर्षांै तड्पिएका छा“ै । राज्यको वर्तमान संरचना धेरैका लागि अप्रिय लाग्न सक्छ । तर, यसको समाधान पनि असान्त जीवन र तनाव होइन, शान्त जीवनयापन नै हो । सबैमा भातृत्वको विकास होस् । यसैमा सबैको हित छ । यसबारे विभिन्न ढंगका अन्दोलनरत पक्ष, राज्य, आमनागरिक र बौद्धिक समुदाय सध“ै सचेत रहे हामी सुन्दर र सुखी भविश्यको आधार तयार गर्न सक्छौ“ । त्यसका लागि आवश्यक पर्ने प्रतिबद्धता धेरैमा देखिएको छ । यसै प्रतिबद्धताले यो तनावग्रस्त वर्षपछि आम नेपाली समृद्धिको वर्षमा उन्मुख हुनेछा“ै । सबै आम नेपाली यसै सकरात्मक सोचमा अघि बढौ“ र समृद्ध भविश्यप्रति आशावादी पनि बना“ै ।

प्रतिक्रिया