काठमाडौं, २५ भदौ । केही दिनयता नेपालका लागि भारतीय राजदूत रन्जित रे सक्रिय बन्न थालेका छन् । पछिलल्लो समय उनी राजनीतिक भेटघाटमा व्यस्त हुन थालेका छन् । रेको सक्रियतालाई संविधान निर्माण गर्ने अन्तिम समयमा भारतको चलखेल सुरु भएको हो ।
राजदूत रेले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । राजदूत रेले एमाले र एमाओवादीका अध्यक्षसँग भेटघाट गरेका छन् । राजदूत रेले शुक्रबार दुवै नेतालाई भेटेका हुन् । बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटका रेले दिउँसो एमओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे । दुवै नेतासँग उनले संविधान निर्माण र मधेसमा जारी आन्दोलनबारे कुराकानी गरेका थिए ।
शुक्रबार बिहान ओली निवास बालकोट पुगेका राजदूत रेसँग ओलीले कुराकानी गरेका छन् । भेटबारे अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भारतीय राजदूत रेसँग सहमतिमा संविधान जारी गर्ने विषयमा कुराकानी भएको जानकारी दिए ।
राजदूत रेले सहमतिमा संविधान जारी गरेर जानुपर्ने धारणा अघि सारेको ओलीले बताए । संविधान जारी गर्न ढिलाइ गर्न नहुने र तराईको आन्दोलन मत्थर बनाएर जानुपर्ने विषयमा कुराकानी भएको ओलीका सहभोगी रमेश आचार्यले जानकारी दिए ।
प्रतिक्रिया