‘निर्दोष मान्छे’को विमोचन

bimochanकाठमाडौं । सञ्चारकर्मी तथा साहित्यकार जीवन लामा ‘यात्रा’ को कविता संग्रह निर्दोष मान्छेको विमोचन गरिएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णु विभु घिमिरेले सो कविता संग्रहको विमोचन गरे ।

दोलखा जिल्लामा रहेका धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाका साथै प्रेमसमेत समेटेर प्रकाशनमा आएको कविता संग्रह दोलखाको प्राकृतिक संस्कृतिक सम्पदाको एक दस्तावेज बनेको सभासद् पार्वत गुरुङले बताए ।

प्रेम मात्रै नभएर दोलखा जिल्लामा लुकेर रहेका पुरातात्विक महत्व बोकेका विषयलाई कवितामा उतारेका कारण कविता पढेर दोलखा चिन्ने अवसर मिल्ने धारणा राखे ।

विभिन्न ४० उपशीर्षक रहेको सो संग्रहमा दोलखा जिल्लामा रहेका धार्मिक, प्राकृतिक, सांस्कृतिक, प्रेमका साथै राजनीतिक विषय वस्तुसमेत समावेश गरिएको छ । क्लिष्ट शब्द प्रयोग नगरी साधारण भाषा शैलीका कविता संग्रहमा रहेका ‘निर्दोष मान्छे’ ले नेपाली साहित्यमा अर्को इँटा थप्ने काम गरेको उपकुलपति घिमिरेले बताए ।

सो कविता संग्रहको प्रगतिका लागि दोलखा जिल्लाका पूर्वसिडिओ प्रल्हाद पोखरेल, अग्रज कलाकार मदनदास श्रेष्ठ, सञ्चारकर्मीद्वय बालकृष्ण बस्नेत, गणेश बस्नेत, टिप्पणीकार फूलमान बल, दोलखाली पत्रकार समाजका अध्यक्ष सन्तोष खडकाले शुभकामना दिए । (सौस)

प्रतिक्रिया