छ्यापछ्याप्ती नक्कली विद्यालय

schoolमोरङ, २५ साउन । इटहरी– १० खनारमा रहेको एक विद्यालय मापदण्डविपरीत सञ्चालनमा आएको भेटिएको छ ।
एउटै भवनमा इटहरी आवासीय मावि र प्रेरणा एकेडमी नामक विद्यालय सञ्चालन गर्दै आएको भेटिएको हो । धरान–विराटनगर राजमार्गको सडक छेउमै एउटै बोर्डमा दुई विद्यालयको नाम राखेर सञ्चालन हुँदै आए पनि नियमनकारी निकाय मौन बसेकोसमेत देखिएको छ ।
फरक–फरक नाम राखेर एउटै भवनमा कक्षा सञ्चालन गर्दै आएको विद्यालयको कक्षा ५ सम्म प्रेरणा एकेडमीका नाममा दर्ता छ । यसैगरी ९ र १० कक्षाको भने इटहरी आवासीय माविका नाममा दर्ता रहेको स्रोतले बताएको छ । ६ देखि ८ सम्मका कक्षाहरूको भने दर्ताबिनै अवैधानिक रूपमा सञ्चाालन गरिरहेको जनाइएको छ । कक्षा ८ को जिल्लास्तरीय परीक्षा अरु नै विद्यालयमा गराउने गरेको भन्दै इटहरी– १० का स्थानीय गोपालप्रसाद दुलालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलय इटहरीमा उजुरी हालेका छन् । अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर भएको घटना भए पनि नियमनकारी निकाय मौन बसेपछि बाध्य भएर अख्तियारमा उजुरी हालेको स्रोतले बताएको छ । जिल्ला शिक्षा अधिकारी रुद्र दुलालको ठाडो निर्देशनमा उक्त विद्यालय गैरकानुनी ढंगबाट सञ्चालनमा आएको स्रोतको भनाइ छ ।
विद्यालय कमला दुलाललगायत तीन जनाको नाममा दर्ता भए पनि सो विद्यालयलाई गैरकानुनीरूपमा पाथिभरा इंग्लिस स्कुलका सञ्चालक नारायण दुलालले भित्री रूपमा सञ्चालन गरिरहेको बताइएको छ । तर, यता दुलालले भने विद्यालयमा आप्mनो कुनै संलग्नता नभएको जिकिर गरेका छन् । उनले आपूm पाथिभरा इंग्लिस स्कुल सञ्चालन गरिरहेको बताए ।
यतिसम्मकी सो विद्यालयहरूमा पढाउने शिक्षकसमेत एकै छन भने प्रिन्सिपलसमेत एकै जना रहेका छन् । विद्यालयका प्रिन्सिपल गुरुप्रसाद सिग्देल दुवै विद्यालय स्विकृति लिएरै सञ्चालन गरेको दाबी गरेका छन् । प्रिन्सिपल सिग्देलले भने विद्यालयमाथि लागेको आरोप स्वीकार गर्दै भने आपूmहरू स्कुल मर्जको प्रक्रियामा रहेको बताए ।
म दुईवटै विद्यालयको प्रिन्सिपल हुँ, हामी विद्यालयलाई छिट्टै मर्च गर्ने तयारीमा छौँ । यता प्याब्सन सुनसरीका सचिव जीवप्रसाद गुरागाईंले विद्यालयहरू पान पसलझैँ सञ्चालनमा आएको स्वीकार गरेका छन् ।
उनले सो विद्यालय गलत ढंगबाट सञ्चालनमा आएको भए पनि प्याबसनले केही गर्न नसक्ने तर्क दिए ।
उनले जिल्ला शिक्षा कार्यलयले अनुगमन गरी विद्यालयलाई कारबाही गर्नुपर्नेसमेत बताए । प्रेरणा एकेडेमी यसअघि सुनसरीको पकलीमा सञ्चालन गरिँदै आएको थियो ।

प्रतिक्रिया